स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई १–० गोलले हरायाे

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई १–० गोलले हरायाे

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई १–० गोलले हराएको छ । बिहिबार राति घरेलु मैदानमा रियलले गेटाफेलाई हराएको हो ।

खेलको ७९ औं मिनेटमा रियल मड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले पेनाल्टीमा गोल गरे । यो जितसंगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ ।

बराबरीतर्फ उन्मुख खेलमा गेटाफेका माथियास ओलिभरले ड्यानी कार्भाजलमाथि फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा रामोसले लगातार २१ औं पेनाल्टी गोल गर्न सफल रहे ।

च्याम्पियन्स लिग छनोटको दौडमा रहेको गेटाफेले राम्रो सुरुवात गरेको थियो । सुरुवाती १२ मिनेटभित्र गेटाफेका तीन प्रहारलाई रियलका गोलकिपर थिवाउट कोर्टुवाले बचाएका थिए ।

रियल मड्रिडको ३३ खेलबाट ७४ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको ७० अंक छ । गेटाफे ५२ अंक सहित छैटौ स्थानमा छ ।

रियल मड्रिडले अब खेल्न बाँकी ५ खेलमा उपाधिका लागि मात्र ४ खेलमा जित निकाले पुग्नेछ ।