भर्खरै : Sorry, your browser does not support inline SVG.

मधेसको पर्यटनको प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री किराँती

मधेसको पर्यटनको प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री किराँती

काठमाडौं । मधेसको पर्यटन र औद्योगिकरणका विषयमा पहिलोपटक ‘मधेस कन्क्लेभ’को प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बुझेका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा नेतृत्वको टोलीले पर्यटनमन्त्री किराँतीलाई उक्त प्रतिवेदन बुझाएको हो ।

टोलीमा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, महासचिव कुमार थपलिया, पर्यटनविद् डा. हिमलाल घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका मेला महोत्सव समिति सभापति उमेश डाल्मिया, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अमरेश बैदवार लगायतको सहभागिता रहेको थियो ।

भारतीय पर्यटकलाई लक्षित गरेर आगामी दिनमा गर्नुपर्ने काम र ल्याउनुपर्ने कार्यक्रमका विषयमा कन्क्लेभमा गम्भीरसँग बहस भएको छ । संघीय सरकारले पनि मधेसको पर्यटन विकास गर्न कन्क्लेभले सुझाएका विषयमाथि परामर्श गरेर कार्यक्रम बनाउनुपर्ने बताएको छ ।

जवाफमा पर्यटनमन्त्री किराँतीले पर्यटन विकास गर्न सबैको प्रयास चाहिने भन्दै मधेसको पर्यटन विकास गर्न मधेस कन्क्लेभले भूमिका खेलेको विश्वास व्यक्त गरे ।

नेपालमा रोजगारी सिर्जना गर्न मधेसमा रहेका औद्योगिक क्षेत्रको विकास र संरक्षण महत्वपूर्ण रहेको भन्दै कन्क्लेभका संयोजक शर्माले औद्योगिक क्षेत्रको विकास नभई पर्यटन क्षेत्र धेरै चलायमान हुन नसक्ने उद्योग र पर्यटन सँगसँगै लैजानुपर्ने धारणा राखे ।

 


Thali Mobile Pvt.Ltd.