भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन |

मध्यपुरथिमिको जिब्रो छेड्ने जात्रा असोज १२ गते

मध्यपुरथिमिको जिब्रो छेड्ने जात्रा असोज १२ गते

भक्तपुर । जिब्रो छेडी मनाउने जात्रा यसपाली धुमधामकासाथ मनाउने मध्यपुर थिमि नगरपालिकाले जनाएको छ । मध्यपुर थिमि – ५, चोडे टोल निवासी बालकराम नानी श्रेष्ठले जिब्रो छेड्ने निर्णय गर्नु भएको हो । नगरपालिकाको आयोजनामा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । पौराणिक कालदेखि जिब्रो छेड्ने जात्रा चल्दै आएको छ ।

आफनो पिडालाई वास्ता नगरी मनाइने यो जात्रा चांगुनारायण, गुहेश्वरी, पशुपति आदि बस्तिहरुमा घुमेर फेरी मध्यपुरथिमिको बस्तिमा पुगेर समापन गरिने स्थानीयको भनाइ छ । वि.सं २०२६ साल देखि लुप्त भईसकेको अवस्थालाई पुन संचालन गर्न २०५० सालबाट मध्यपुर थिमि चोडे टोल निवासी कृष्ण नानी श्रेष्ठले ३ पटक जिब्रो छेडेर जात्रालाई जिवन्तता प्रदान गरेको मेयर सुन्दर श्रेष्ठले बताए ।

२०६३ सालदेखि संचालन हुन नसकेको जात्रा २०७४ सालबाट स्थानिय युवाहरु, संस्कृति प्रेमी तथा जननिर्वाचित प्रमुखहरु सक्रिय भइ जात्राको सम्पादन र व्यवस्थापन गर्न समिति गठन गरेर जात्रालाई व्यवस्थित गरेको उप मेयर विजय श्रेष्ठले बताए ।

उक्त अवधिमा मध्यपुर थिमि –४, बालकुमारी निवासी विरेन्द्र भक्त गजु श्रेष्ठले दुई जिब्रो छेडेर लोपन्मुख जात्रालाई निरन्तरता दिएका हुन । यसरी प्रत्येक बर्ष भाद्र शुक्ल पुर्णिमाको राति करिब ८ः०० बजे मध्यपुर थिमिको दिगु टोल स्थित दिगुभैरब मन्दिर अगाडीको डबालीमा जिब्रो छेडाउने गरिन्छ ।

जिब्रो छेड्ने जात्राको लागि करिब एक महिना अगाडी देखि नै तयारी गर्नुपर्ने हुन्छ । जिब्रो छेड्ने नातु (सुईरो) बनाउनका लागि करिब एक महिना अगाडी नातु बनाउने नकर्मीलाई खबर गर्ने गरिन्छ । नातु बनाउन खबर गर्न जादा पुजा लिएर नकर्मीको घरमा जान्छ । नकर्मीले नातु बनाईसकेपछि ३ हप्ताजति शुद्द तोरीको तेलमा नातुलाई डुबाएर राखेको हुन्छ ।

यस जात्रामा तीन तिर भएको नातु (सुईरो) बनाएको हुन्छ । जिब्रो छेड्ने आठ दिन अगाडी द्यः दुसालेगु भनि बालकुमारी मन्दिरमा एघार वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) तथा रातो भालेको वलि दिएर बालकुमारीको साधना गरिन्छ । जिब्रो छेडाउँदा राज्य संचालकहरुको सहभागिता समेत रहने गरेको स्थानीयको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.