भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

ख्वप अस्पताललाई रु. १० करोड ३८ लाख रकम भुक्तानी बाँकी

ख्वप अस्पताललाई रु. १० करोड ३८ लाख रकम भुक्तानी बाँकी

भक्तपुर । भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच भएको सम्झौताअनुसार बीमा आबद्ध सेवाग्राहीहरुलाई प्रदान गर्दै आएको सेवाबापतको करिब रु. १० करोड ३८ लाख भन्दा बढी रकम सोधभर्ना बाँकी हुँदा अस्पतालाई आर्थिक समस्या परिरहेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले छिटो रकम सोधभर्ना गर्न स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुको ध्यानाकर्षण गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाको आयोजनामा भएको विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रममार्फत विद्यार्थीहरुको मानसिक स्वास्थ्य प्रवद्र्धनबारे आयोजित एकदिने कार्यशाला गोष्ठीमा बोल्दै उनले सामुदायिक विद्यालयको प्रतिनिधित्व नभएकोतर्फ प्रश्न उठाए ।

गरिबका छोराछोरीहरु पढ्ने विद्यालयको लागि विद्यालय नर्स आवश्यक भएको भन्दै हाल भक्तपुरका ५ वटा सामुदायिक विद्यालयहरुमा विद्यालय नर्सिङ सेवा प्रभावकारी रुपमा सञ्चालन भइरहेको जानकारी दिए । विद्यार्थी संख्या अनुसारको विद्यालय नर्स राख्ने निश्चित मापदण्ड भएको भए यो कार्यक्रम अझ प्रभावकारी हुने उनको भनाइ छ ।

मानसिक रोगसम्बन्धी विषय विद्यालयको पाठ्यक्रममा समावेश गर्नु उपयुक्त हुने बताउँदै उनले विद्यालय नर्स सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीति नै राम्रो हुनुपर्ने बताए । कार्यक्रममा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य सेवा विभागका निर्देशक हिराकुमारी निरौलाको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. रविकान्त मिश्रले विद्यालय नर्सको नीति तथा कार्यक्रम र डा. ग्याम्पोले विद्यालय नर्स प्रवद्र्धनबारे प्रस्तुतीकरण देखाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.