भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

मनकामना दर्शन प्रा.लिको बदमासी, ब्रोसरमा नक्सा फेर्न फुर्सद छैन : खै चुच्चे नक्सा ?

मनकामना दर्शन प्रा.लिको बदमासी, ब्रोसरमा नक्सा फेर्न फुर्सद छैन : खै चुच्चे नक्सा ?

काठमाडाैं । सरकारले चुच्चे नक्सा प्रयोगमा ल्याएको लामो समय वितिसक्दा पनि मनकामना दर्शन प्रालिलाई ब्रोसरमा रहेको नक्सा फेर्न फुर्सद छैन । अझै पुरानो नक्सानै प्रयोग गरिरहेको छ । दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटक आउने मनकामना केवुल कारमा चढेर मनकामना दर्शन गर्न जाने दर्शनार्थीहरुलाई दिइने ब्रोसरमा नेपालको चुच्चे नक्सा नभई पुरानो नक्सा देख्दा यहाँ दर्शन गर्न गएका दर्शनार्थीहरु नै चकित परेका छन् । उनीहरुले के देशका कर्पोरेट व्यापारीहरुले राष्ट्रियताबारे ध्यान दिनु पर्दै न भन्दै प्रश्न समेत गरेका छन् ।

दैनिक हजारौं मानिसहरुको आउजाउ चलिरहने ठाउँमा यसरी देशको नक्सा नै परिवर्तन नगरि पुरानै नक्सा प्रयोगमा ल्याउनु भनेको गम्भीर गल्ती भएको भएको दर्शनार्थीहरुको भनाइ छ । नेपालको पहिलो केवलकार सञ्चालक मनकामना दर्शन प्रा.लिले आर्थिक उन्नतीमा बाहेक अन्त ध्यान नदिएको यस घटनाले देखाएको उनीहरुको तर्क छ ।

मनकामना दर्शन गर्न  पुगेका पर्यटकहरुले कर्पोरेट व्यापारीले यसरी पुरानै नक्सा प्रयोग गरेर राष्ट्रियतामाथि नै आच आउने काम गरेको बताए । उनीहरूले हजारौं पर्यटक आउने ठाउँमा यस्तो गम्भीर गल्ती गर्नु मनकामना दर्शन प्रालिको बदमासी भएको तर्क गरे । यता मनकामना दर्शन प्रालिको केन्द्रीय कार्यालयमा यस विषयमा कैलश खबर डटकमले फोन सम्पर्क गर्दा कार्यालयका कर्मचारीहरुले सुरुमा जानकारी दिन रुची देखाएनन् ।

उनीहरुले सम्बन्धीत व्यक्ति कार्यालयमा नभएको र सम्पर्क नम्बर समेत दिन नमिल्ने प्रतिक्रिया दिए । सम्पर्क नम्बर दिन नमिल्ने आफूहरुको नीयमनै रहेको कार्यालयका कर्मचारीहरुले गैरजीम्मेवार जवाफ दिए । अन्तत मनकामना दर्शन प्रा.लिका उपप्रबन्ध निर्देशक (डिजीएम) बीरेन्द्र श्रेष्ठ सम्पर्कमा आए र उनले अपडेट नभएको होला त्रुटि हो हामी सुधारछौं भन्दै प्रतिक्रिया दिए ।

उनले भने “नेपालको प्रचलित नक्सा अनुसार परिवर्तन चाडै हुन्छ । सम्झाएको धन्यवाद हामी तुरुन्तै लाग्छौ” । तर यो विषय राज्य माथिनै आच आउने खालको विषय भएकाले सम्बन्धीत निकायले समयमा नै ध्यान दिनुपर्ने दर्शनार्थिहरुको प्रतिक्रिया रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.