भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मनाइयो टोपी दिवस

मनाइयो टोपी दिवस

काठमाडौं । १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस भव्यताकासाथ मनाइएको छ ।

अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय टोपी दिवस मनाइएको हो ।

सो अवसरमा काठमाडौंका विभिन्न स्थानमा र्‍यायालीसमेत गरिएको छ । मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित दिवस मनाइएको हो ।

राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र संवद्र्धनका लागि दिवस भव्यरुपमा मनाइएको हो ।

कार्यक्रममा राष्ट्रिय पोशाक संरक्षण अभियान नेपालका संयोजक राजनन्द माण्डव्यले १० वर्षदेखि राष्ट्रिय पोशाक दिवस र टोपी दिवस मनाउँदै आएको बताए।

 


Thali Mobile Pvt.Ltd.