भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएपछि बैठक बोलाइएको हो ।

रवि लामिछानेको गृहमन्त्री पद गुमेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै गृहमन्त्रालयसहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् ।

आइतबार रास्वपाका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट शिशिर खनाल र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयबाट डोरप्रसाद अर्याल तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।

राजीनामापछि कसलाई के जिम्मेवारी दिने भन्ने तोकिएको छैन ।

 


Thali Mobile Pvt.Ltd.