भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मन्त्री आले ९० नम्बर दिदै, झाँक्री रुदै विदा

मन्त्री आले ९० नम्बर दिदै, झाँक्री रुदै विदा

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री लगायत मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । आइतबार आ–आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आठ महिना २० दिनको जिम्मेवारीप मन्त्रीहरुले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन पत्रकार सम्मेलनमा मन्त्री आले मगरले आफ्नो कार्यकालमा भएका कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको जानकारी दिए ।

राजीनामा दिँदै उनले आफ्नो कार्यकालमा पर्यटन, नागरिक उड्डयन र संस्कृतिको विषयमा थुप्रै काम भएको दाबी समेत गरे । राष्ट्रियसभामा सहरी विकास मन्त्री झाँक्री र पर्यटन मन्त्री प्रेम आलेले आइतबार नै बजेटमाथिको उठेका प्रश्नको जवाफ दिएपछि राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामा घोषणा कार्यक्रममा मन्त्री झाँक्रीले आफ्नो कार्यकालमा गरेको कामहरुको जनाकारी गराएकी थिइन ।

सहरी विकास, फोहोर व्यवस्थापन, रेट्रोफिटिङ, विश्व बैंकहरुसँग भएको सहमति, जनता आवास कार्यक्रम, टुकुचा फोहोर पानी प्रशोधन लगायतमा महत्वपुर्ण कामहरुको सुरुवात भएको जानकारी दिइएको थियो । झाँक्री मन्त्रालयबाट बिदाइ हुँदा रुदै विदा भएकी छन् ।

मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा आफूले गरेका कामहरुको जानकारी गराउँदै गर्दा मन्त्री झाँक्रीले आँखाबाट आशु झारेकी हुन् । गठबन्धन सरकारमा २०७८ सालको असोज २२ गते सहभागी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.