भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

मलेसियाले श्रमिक भर्ना अवधि छोट्याउने, विज्ञापन गर्न १ दिनको समय

मलेसियाले श्रमिक भर्ना अवधि छोट्याउने, विज्ञापन गर्न १ दिनको समय

मलेसिया । सरकारले विदेशी श्रमिक भर्ती गर्ने समयावधि छोट्याउने भएको छ ।

श्रमिक भर्ना गर्न दुई महिना भन्दा पनि लामो समय लाग्ने गरेको भन्दै यसलाई छोट्याएर ३० दिनभित्रै श्रमिक भर्ना गर्ने गरी काम भइरहेको सञ्चारमाध्यले बताएका छन् ।

श्रमिक भर्तीको सम्पूर्ण प्रक्रियालाई घटाउने मलेसियाका गृहमन्त्री दातुक सेरी साइफुद्धिनले बताए ।

अब रोजगारदाताले निवेदन पेस गर्नेदेखि स्वीकृति, भिसा जारी गर्ने, स्वास्थ्य परीक्षण लगायत सबै काम एक महिनाभित्रै सकिनेछ ।

मलेसियाका मानव संसाधन मन्त्री वी शीवकुमारसँगको संयुक्त बैठकमा गृहमन्त्रीले यो लामो प्रक्रियालाई छोट्याउने धेरै ठाउँहरु रहेको उल्लेख गरे ।

बैठकमा उनले भने, ‘श्रमिक भर्नाको लागि विज्ञापन गर्नमै रोजगारदाताले पहिले एक महिना लगाउँथे, अबका दिनमा त्यो काम एक दिन मात्रै हुनेछ ।’ यसै गरी अरु प्रक्रिया पनि छोट्याइने बताए ।

 


Thali Mobile Pvt.Ltd.