एजेन्सी । मलेसिया पुगेका एक नेपाली विमानस्थलबाट कम्पनी जादाजाँदै बाटोबाटै बेपत्ता भएका छन् । रोजगारीका लागि मलेसिया पुगेका मकवानपुरका सोमर सिंह घलान विमानस्थलबाट कम्पनी जाँदै गर्दा बाटोबाटै हराएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार घलान गत ११ नोभेम्बरका दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारदाता कम्पनीको बसमा मलेसियाकै जोहोरबारुतर्फ जाँदै गर्दा हराएका हुन् ।
कम्पनीले उनलाई विमानस्थलबाट कम्पनीकै बसमा राखेर कार्यस्थल रहेको स्थान मलेसियाकै जोहोरबारु लगिरहेको बेला बेपत्ता भएको जनाएको छ ।
क्वालालम्पुर विमानस्थलबाट कम्पुङ बेम्वानमा भन्ने ठाउँमा खान खान बस रोकेको, त्यसपछि बस सिँधै कम्पनीको होस्टेलमा पुगेपछि बसबाट झर्ने क्रममा उनी नभेटिएको दूतावासले जनाएको छ।
