भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महिलाकाे शव सहित मार्चपास, प्रधानमन्त्रीलाई ट्याउँ–ट्याउँकाे अर्थ सिकाउने दाउ (भिडियाेसहित)

महिलाकाे शव सहित मार्चपास, प्रधानमन्त्रीलाई ट्याउँ–ट्याउँकाे अर्थ सिकाउने दाउ (भिडियाेसहित)

काठमाडौं । महिलालाई ट्याउँ–ट्याउँको संज्ञा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले हेप्दै आएको भन्दै त्यसका विरुद्धमा राजधानीमा विरोधका आवाज उठिरहेका छन् ।

वृहत नागरिक आन्दोलनको नाममा आज काठमाडौंमा महिला मार्चपास गरेका छन् । मार्चपासमा बोल्ने वक्ताहरूले प्रधानमन्त्री ओलीले महिला आवाजको सम्मान गर्न नसकेको बताएका छन् ।

मार्चपास पछि भद्रकालीमा सभामा परिणत भएको कार्यक्रमलाई सम्बोधन गर्दै डा. अर्चना थापाले आफुले कल्पना प्रजातन्त्र भन्दा खतरा रहेको भन्दै सरकारले महिला उभिएर बोल्न थाल्यो भने त्यसलाई ट्याउँ–ट्याउँ भनेर खिल्ली उडान थाल्छ भनेर आलोचना गरिन ।

शासकहरूको बोली, शब्द, संकेत पनि बलात्कार लगायतको हिंसाको कारक बनेको उनको दावी छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको संसद विघटनपछि ‘संविधानमाथि बलात्कार’ भयो, ‘चीरहरण’ भयो भन्ने जस्ता शब्द प्रयोग गर्न नहुनेमा उनको जोड थियो ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

कार्यक्रममा मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, हिमा विष्ट, रजनी मिलालगायतले प्रतिगमनको विरोध गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.