भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

महिलालाई प्रत्येक महिना ३ दिन अतिरिक्त विदा दिने सरकारको निर्णय

महिलालाई प्रत्येक महिना ३ दिन अतिरिक्त विदा दिने सरकारको निर्णय

एजेन्सी । महिलाहरूलाई महिनावारीको समयमा हुने पीडाका लागि सरकारले हरेक महिना ३ दिन अतिरिक्त विदा दिने निणर्य गरेको छ । पश्चिमका देशहरूमा महिनावारीको समयमा महिलालाई यसरी विदा दिने पहिलो देश स्पेन हो ।

पीडाको लागि दिइने विदाको सीमा ३ दिन तोकिएको छ । स्पेन सरकारले आगामी सातादेखि लागू गर्न लागेको हो । विद्यालयका किशोरीहरूका लागि सेनेटरी प्याड उपलब्ध गराउन आवस्यक रहेको सरकारका मन्त्रीहरुले बताएका छन् ।

महिनावारीको समयमा अतिरिक्त ३ दिन विदा दिने देशहरूमा जापान, दक्षिण कोरिया, इन्डोनेसिया र जाम्बिया रहेका थिए भने अब यो सूचीमा स्पेन पनि थपिएको छ ।

स्पेन सरकारले यसको उद्देश्य महिलाहरुलाई असह्य पीडाका बेला सहयोग होस भन्ने रहेको जनाएको छ । त्यसैगरी स्पेनमा सेनेटरी प्याड र ट्याम्पोनबाट पनि भ्याट हटाइने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.