भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

महिला क्रिकेट टिम एयरपोर्टमा अलपत्र

महिला क्रिकेट टिम एयरपोर्टमा अलपत्र

काठमाडौं । स्वदेश फर्कन लागेको नेपाली महिला टिमको टिकटमा समस्या भएका कारण एयरपोर्टमा अलपत्र परेको छ ।

नेपाली महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र परेको हो ।

मलेसियाको समय अनुसार बेलुकी ६ बजेको हिमालय एयरलाइन्सको टिकट रहे पनि नेपाली टिम होटलको चेक आउट टाइमै निस्किएर छिट्टै विमानस्थल पुगेका थिए ।

तर उडान समय प्राविधिक कारणले भन्दै हिमालय एयरलाइन्सले राति ३ बजेका लागि सारेको छ ।

जसका कारण विमानस्थलमा पुगेका महिला क्रिकेटरहरुले १२–१३ घण्टा त्यही बिताउनु पर्ने भएको छ ।

१२–१३ घण्टा विमानस्थलमा अलपत्र अवस्थामा रहने स्थिति आएपछि दुख लागेको एक क्रिकेटरले मलेसियाबाट बताइन् ।

 


Thali Mobile Pvt.Ltd.