भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महिला फुटबलमा आज नेपालले डेब्यु गर्दै

महिला फुटबलमा आज नेपालले डेब्यु गर्दै

काठमाडौं । एसियन गेम्सको महिला फुटबलमा शुक्रबार नेपालले डेब्यु गर्दैछ ।

पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालको महिला फुटबल टोलीले समुहको पहिलो खेलमा शुक्रबार भियतनामको सामना गर्नेछ ।

नेपाल र भियतनामबिचको खेल चिनको वेङ्झु ओलम्पिक स्पोर्ट्स सेन्टरमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

समुह ‘डि’ मा नेपाल र भियतनामसँगै जापान र बंगलादेश पनि रहेका छन् ।

जापान महिला विश्वकपको पूर्व च्याम्पियन हो भने भियतनामले पनि अष्ट्रेलिया र न्युजिल्याण्डमा हालै सम्पन्न महिला विश्वकप खेलेको थियो ।

बंगलादेश पनि साफ महिला च्याम्पियनसिप विजेता टोली हो ।

 


Thali Mobile Pvt.Ltd.