भर्खरै : Sorry, your browser does not support inline SVG.
अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने |

गिट्टी बालुवाको तस्करी बढ्यो

गिट्टी बालुवाको तस्करी बढ्यो

कावासोती। पूर्वी नवलपरासीका खोलामा ढुङ्गा, गिट्टी बालुुवाको निकासी र दोहन सुरु भएको छ। गत असार महिनादेखि भदौसम्म खोलामा गिट्टी, बालुवा, ढुङ्गा उत्खनन रोकिएको थियो। नगर र गाउँपालिकाले उत्खनन गर्न नदिने निर्णय गरे पनि अहिले ती खोलामा चोरी बढेको छ।

वातावरणीय मूल्याङ्कन प्रतिवेदन बनाइसकेपछि मात्र ठेक्काको काम सुरु हुने भनिएको थियो। खोलाको ठेक्का असोजबाट लाग्ने भनिए पनि असारदेखि नै खोलाबाट करोडौँको गिट्टी, बालुवा, ढुङ्गा चोरी निकासी भइरहेको छ।

हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले त्यसलाई रोक्न खटाइएका गाउँपालिकाका सुरक्षाकर्मीलाई निर्घात कुटपिट हुँदा दुई जना सख्त घाइते भएको बताए । पूर्वी नवलपरासीका गाउँपालिका र नगरपालिकाले वार्षिक ७५ करोडभन्दा बढी गिट्टी, बालुवा र ढुङ्गाबाट कर सङ्कलन गर्ने गर्दछन्।

तीन महिना असार, साउन र भदौमा भने ठेक्का नलगाइने भए पनि त्यही तीन महिनामै सबैभन्दा बढी चोरी निकासी भए पनि नगर र गाउँपालिका रमिते भएर बसेको स्थानीय बताउँछन् । बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले चोरी निकासी अत्यधिक बढेको र यसलाई रोक्न आफूले पटक पटक कोसिस गरे पनि सफल हुन नसकेको बताउनुभयो।

उहाँले पालिकाका नदी तथा खोलाबाट मात्रै करोडौँको दोहन भएको बताउनुभयो। नागरिक अगुवा वसन्त पोखरेल सबैभन्दा जोखिम मानिएको गिट्टी, बालुवाको बढ्दो दोहन रोक्न नसक्ने हो भने तस्करको बिगबिगी अझै बढेर जाने बताए ।

देवचुली, कावासोती, मध्यबिन्दु, गैँडाकोट, नगरपालिका, बुलिङटार, बौँदीकाली, हुप्सेकोट र विनयीत्रिवेणी गाउँपालिकामा रहेका खोलानालामा अवैध रूपमा गिट्टी, बालुवाको चोरी निकासी भइरहँदासमेत पालिकाहरू गम्भीर हुन नसक्नु तस्करलाई प्रश्रय दिनु हो ।

देवचुलीका विजय पङ्गेनी तीन महिनामा नै सात करोडभन्दा बढीको गिट्टी, बालुवा, ढुङ्गा दोहन हुने बताए । रातिको समयमा खोलामा गिट्टी, बालुवा, ढुङ्गा चोरी निकासी भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.