भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

माओवादीबाट यी नेताहरू मन्त्री बन्दै

माओवादीबाट यी नेताहरू मन्त्री बन्दै

काठमाडौं । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएलगतै आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शीतल निवासमा अपराह्न ४ बजे शपथ समारोहको आयोजना गरिदैछ ।

प्रचण्डको शपथसँगै सानो आकारको मन्त्रिपरिषद् गठन हुने बताइएको छ । पहिलो चरणमा सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाउन अहिले माओवादी केन्द्रको बैठक बसिरहेको छ । पहिलो चरणमा माओवादीबाट अमनलाल मोदी र सुदन किराँती मन्त्री बन्ने स्रोतको दावी छ ।

दुवै जना प्रदेश १ का हुन् । बागमतीका हितबहादुर तामाङ र सूर्यमान दोङमध्ये एक जना मन्त्री बन्ने सम्भावना छ । दाङबाट रेखा शर्मा मन्त्री बन्ने सूचीमा छन् ।

गण्डकीबाट हितराज पाण्डे, कर्णालीबाट महेन्द्रबहादुर शाही, शक्ति बस्नेको सम्भावना बलियो छ । जनार्दन शर्मा र वर्षमान पुन पनि शक्तिशाली मन्त्रालयका दाबेदार रहेको स्रोतले जानकारी दिएको छ ।

यसपटक प्रचण्डले वर्षमान पुनलाई सरकारमा लाने सम्भावना बढी रहेको छ भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि मन्त्री बन्ने चर्चामा छन् ।

 


Thali Mobile Pvt.Ltd.