भर्खरै : Sorry, your browser does not support inline SVG.

मिटर ब्याजसम्बन्धमा ७ जना पक्राउ,१८ हजार ९१ वटा उजुरीहरू दर्ता

मिटर ब्याजसम्बन्धमा ७ जना पक्राउ,१८ हजार ९१ वटा उजुरीहरू दर्ता

काठमाडौँ । मिटर ब्याज जाँचबुझ आयोग गठन गरे यता नेपाल सरकारले मधेस प्रदेशका ८ वटा जिल्लामा १८ हजार ९१ वटा उजुरीहरू दर्ता भएका छन् । मिटर ब्याजसम्बन्धमा ७ जना पक्राउसमेत परेको गृह मन्त्रालयले जनाएको छ । कूल उजुरीमध्ये १३९ वटा छलफलमा रहेका छन् भने १२६ वटा मिलापत्र भएका छन् । धनुषा र सप्तरीमा २ जनाविरुद्ध मुद्दा दर्ता पनि गरिएको छ । यस्तै, ३ जना पुरुष र ४ जना महिला पक्राउ पनि परको छन् । अझै १५ हजार ९६१ मुद्दा फर्स्योट हुन बाँकी रहेको छ ।

जेठ २६ गतेसम्मको तथ्यांकअनुसार बारा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा बढी ३ हजार ३२२ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै, पर्सामा १ हजार ३२१ वटा, रौतहटमा २ हजार ५८, सर्लाहीमा १ हजार ९२० वटा, महोत्तरीमा २ हजार ३३६ वटा, धनुषामा २ हजार ६१५ वटा, सिरहामा २ हजार ९२० वटा तथा सप्तरीमा १ हजार ५७९ वटा मुद्दा दर्ता भएका छन् ।

आयोगको अध्यक्षमा विशेष अदालतका पूर्व न्यायाधीश गौरी बहादुर कार्की र सदस्यद्वयमा पूर्व एआईजी उत्तमराज सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेश बहादुर अर्याल रहेका छन्। सरकारले गत वैशाख १७ गते आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरेको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोगको केन्द्रीय कार्यालय उद्घाटन गर्दै कार्यालय स्थापना गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.