भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, १७ घाइते

मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, १७ घाइते

कैलाली । मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका–४ मा से १ ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका २ की ५८ वर्षीया शोभा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिकको घटनास्थलमै मृत्यु भएको हो । ट्रकमा सवार अन्य १७ जना घाइते भएका छन् ।उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबै डोटीको जोरायल गाउँपालिका क्षेत्रका रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि मिनी ट्रक चालक फरार भएका छन् । तिहार मनाएर पहाडी जिल्लाबाट तराई फर्किनेहरुको भीडभाडका कारण सार्वजनिक गाडीमा सिट नपाएर उनीहरु मिनी ट्रकमा आएको हुनसक्ने प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.