भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, १७ घाइते

मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, १७ घाइते

कैलाली । मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका–४ मा से १ ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका २ की ५८ वर्षीया शोभा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिकको घटनास्थलमै मृत्यु भएको हो । ट्रकमा सवार अन्य १७ जना घाइते भएका छन् ।उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबै डोटीको जोरायल गाउँपालिका क्षेत्रका रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि मिनी ट्रक चालक फरार भएका छन् । तिहार मनाएर पहाडी जिल्लाबाट तराई फर्किनेहरुको भीडभाडका कारण सार्वजनिक गाडीमा सिट नपाएर उनीहरु मिनी ट्रकमा आएको हुनसक्ने प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.