देब राज पाध्याय, बाजुरा । बाढि पिडीतहरुलाई राहत साम्रगी बितरण गरिएको छ । सुदुरपश्चीम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट, आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाह लगायतको टोली बाजुरा जिल्लाका बिभिन्न ठाउँमा पुगेर राहत साम्रगी बितरण गरेका हुन ।
जिल्लाको उत्तरी क्षेत्रमा आएको बाढिका कारण मृत्यु भएको १ परिवार र चट्याग लागेर मृत्यु भएका १ परिवारका लागि २ लाख राहत साम्रगी बितरण गरिएको छ । त्यसै गरी सामाजिक अभियान्ता कृष्ण कडेँलको टोलीले पनी बिभिन्न समस्यामा परेका अति बिपन्न र औषधी किन्न नसक्ने परिवारहरुलाई राहत साम्रगी बितरण गरेको छ ।
इन्द्रेणी टोलीले कोल्टी क्षेत्रका ७ परिवारलाई करिव ३ लाख भन्दा बढि राहत सहयोग गरेको छ । यता बाजुराका हलियाहरुले मुख्य मन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । कोरोना कहरमा हलियाहरु अति समस्यकामा परेकोले सहायोगको माग गरेका छन् । त्यसै गरी सडक, खाद्यन्न लगायतको माग सहित नागरिक सरोकार मन्च कोल्टीले पनि मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएको छ ।
