भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

थपिएका १३५९ जनागरी संक्रमितको संख्या ४४ हजार नाघ्यो, मृतकको संख्या २७१ (भिडियो)

थपिएका १३५९ जनागरी संक्रमितको संख्या ४४ हजार नाघ्यो, मृतकको संख्या २७१ (भिडियो)

काठमाडौं । नेपालमा थप १३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित हुने को संख्या ४४ हजार २३६ जना पुगेको छ । शुक्रबार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएका छन् ।

उपत्यकामा ४५४ संक्रमित थपिएकाठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४९२ पुगेको छ। बिहीबार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

Bkt

२०७७ भाद्र १९ गतेको भक्तपुर नगरपालिकाको अद्यावधिक तथ्यांक

मृतकको संख्या २७१ पुग्यो
पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या २७१ पुगेको छ। गत २४ घन्टाको अवधिमा मृत्यु हुने संक्रमितहरुमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया र चितवनका ३५ वर्षीया महिला, सप्तरीका ५५ वर्षीय २ पुरुष, रसुवा ३१, कास्कीका ३६, नवलपरासीका ३७, प्युठानका ५८, रुपन्हेदीका ८७, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

हेर्नुहोस् भिडियो…

https://www.facebook.com/Kailashkhabarnews/videos/313684876586242/

भेन्टिलेटर र आइसियुमा उपचाररत
देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार देशभर १ सय ७७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २६ जना भेन्टिलेटरमा र १५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ९० जना आइसियु र १९ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै प्रदेश १ मा ५ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेका छन्। प्रदेश २ मा २८, प्रदेश ५ मा २० आइसियु र ४ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

कुन जिल्लामा कति संक्रमित ?
प्रदेश १ को उदयपुरमा ओखलढुंगा र खोटाङमा २÷२, झापामा २८, मोरङमा ७६ र सुनसरीमा ३९ जना संक्रमित थपिएका छन् ।

प्रदेश २ को धनुषामा ४३, पर्सामा २७, बारामा २१, महोत्तरीमा ४६, रौतहटमा २,, सप्तरीमा २६, सर्लाहीमा ८० र सिरहा १ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

बागमती प्रदेशको काठमाडौंका ३ सय ८६, काभ्रेपलाञ्चोक ७ , चितवनका ८२, दोलखाका २ धादिङका १९, नुवाकोटका ५, भक्तपुरका ३६, मकवानपुरका १८, रसुवा १, रामेछापका १३, ललितपुरका ५८, सिन्धुपाल्चोकका १ र सिन्धुलीका ७ जनामा कोरोना पुष्टि भएको छ।

गण्डकी प्रदेशको कास्कीमा २०, गोरखामा २६, तनहुँमा १२, नवलपरासी पूर्वमा २८, म्याग्दीमा १, लमजुङमा १०, बाग्लुङमा १ र स्याङजामा ३ जना कोरोना भेटिएको छ।

प्रदेश ५ को कपिलवस्तुमा ७, गुल्मीमा २, दाङमा ७, पाल्पामा ६, बर्दियामा १४, बाँकेमा ४८, रुकुम पूर्वमा १ र रुपन्देहीमा ४४ जनामा कोरोना भेटिएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा २, जुम्लामा २१ दैलेखमा ९, सल्यानमा १ र रुकुम पश्चिममा १ जना छन् ।

सुदूरपश्चिम प्रदेशको अछामका १, कञ्चनपुरका ५, कैलालीका ५२, डोटीका ४, दार्चुलाका ३, बझाङका ४ र बैतडीका ३ जना छन् ।

कुल संक्रमितमध्ये १८ हजार ४ सय ९ जना संक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घन्टामा १३ हजार ६ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ७ लाख ४५ हजार ४ सय ९० पुगेको छ। नेपालमा हाल ६ हजार ५ सय ६१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.