‘भक्तपुर काण्ड’को भत्सर्ना : पञ्चायती शासकले जस्तै फेरी षड्यन्त्र हुन सक्ने भएकाले सचेत रहन आग्रह

‘भक्तपुर काण्ड’को भत्सर्ना : पञ्चायती शासकले जस्तै फेरी षड्यन्त्र हुन सक्ने भएकाले सचेत रहन आग्रह

भक्तपुर । २०४५ साल भदौ ९ गते राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डको भक्तपुरवासीले भत्सना गरेका छन् ।ख्वप ईन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको कार्यक्रममा भत्सना गरेका हुन ।

नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले निरंकुश पञ्चायती शासकहरुले भक्तपुर काण्ड रचेको स्मरण गरेका हुन । कलेज संचालक समितिका पदाधिकारी, कलेजमा कार्यरत प्राध्यापक र कर्मचारीबीच जुममार्फत सम्पन्न प्रबचन कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें ‘रोहित’ ले भक्तपुर काण्ड नेपाल मजदुर किसान संगठनलाई समूल नष्ट गर्ने उद्देश्यले रचिएको षड्यन्त्र भएको बताए ।

उनले जुनसुकै बेला यस्ता षड्यन्त्रहरु हुन सक्ने प्रति भक्तपुरवासी सचेत भएर बस्नु पर्ने औल्याए । टोल समाजमा अपराधिक मानसिकताका व्यक्तिहरुको उपस्थिति रहेकोलेर आफ्नो अपराध लुकाउन तथा समाजलाई विगार्न टोल छिमेकमा केहि तत्व सक्रिए रहेको प्रमुख अतिथि विजुक्छेंले इंगित गरे । पञ्चायती शासनमा राजा वर्गीय रुपमा सामन्ती हुनु स्वभाविक भएको अन्तर्राष्ट्रिय प्रसंग जोड्दै उनले अहिले पनि प्रतिक्रियावादीहरु षड्यन्त्रमा लागिरहेको बताए ।

देश र जनताको सेवामा लाग्नेहरु कुनै पनि अवस्थामा विचलित हुन नहुने भन्दै संकटमा साथ दिनेमात्रै सच्चा मित्र हुने बताए । नयाँ पुस्तालाई भक्तपुर काण्डबाट शिक्षा लिई यस्ता षड्यन्त्रलाई रोक्न एकजुट हुनका लागि टोल–टोलमा नयाँ पुस्ता र अभिभावकहरुलाई सचेत पार्नुपर्नेमा विजुक्छेंले जोड दिए । कलेज संचालक समितिका अध्यक्ष एवं भनपा प्रमुख सुनिल प्रजापतिले २०४५ सालको भूकम्प भक्तपुर अति प्रभावित भएको र सोही विपत्तिलाई पञ्चहरुले नेमकिपालाई समूल नष्ट गर्ने अवसरको रुपमा प्रयोग गर्न खोजिएको उल्लेख गरे ।

जनतालाई धोका र विश्वासघात गर्नेहरुको अन्त्य सुखद नहुने चन्दै भक्तपुर नगरपालिकाले पञ्चायत कालमा “पञ्चायत” मासिकमार्फत क्रान्तिकारी साहित्यको प्रकाशन लगायतका विविध गतिविधि सञ्चालन गर्नु र पार्टीले देश र समाजको सेवा गर्नुलाई पञ्चहरुले अपराधको रुपमा लिएर सुनियोजित ढंगले भक्तपुर काण्ड घटाइएको स्मरण गरे । ६७ जना कार्यकर्ताहरुलाई ज्यान मुद्दा लगाइएको र कार्यकर्तारुलाई प्रलोभन र डर धम्की दिई पंचायतको समर्थन गर्न बाध्य पारिएको बताए ।

सो समयमा पार्टीलाई धोखा दिने र आत्मसमर्पण गर्नेहरुले आज पनि नेमकिपाका कार्यकर्ताहरुसित आँखा जुधाएर कुरा गर्न नसकेको बताए । विदेशी दलाल पार्टीहरुले कहिल्यै पनि देशको भलो नगर्ने उल्लेख गर्दै शासक दलका सबै पार्टीहरु निजीकरणको पक्षमा लागेको हुँदा निजीकरणको पक्ष लिनेहरु कम्युनिष्ट नहुने बताए। नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा बढी लगानी गरिरहेको भन्दै उनले स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि ख्वप अस्पताल निर्माण गरिरहेको उल्लेख दावी गरे ।

ख्वप विश्वविद्यालयलाई सम्बन्धन नदिनुमा नेमकिपाले देश र समाजलाई अगाडि बढाउन गरिरहेको प्रयास प्रति शासक दलको असन्तुष्टि प्रमुख कारण भएको बताए । कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरि∙का प्रचार्य सुनिल दुवाल, प्रा।डा। राजुभाई त्यात, ख्वप ई। कलेजका प्रचार्य सुजन माक, शिक्षक डा। सुवगेमान विजुक्छे तथा शिक्षिका शोभालक्ष्मी गोसाईले आ–आफ्नो अनुभव सुनाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.