भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुगु हत्याकाण्डका शंकास्पद एक जना प्रहरी नियन्त्रणमा

मुगु हत्याकाण्डका शंकास्पद एक जना प्रहरी नियन्त्रणमा

मुगु । सामूहिक हत्या काण्ड मुगुमा एक शंकाशपदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छाँयानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा तीन सन्तानसहित आमाको हत्या गरेको शंकामा एक जनालाई नियन्त्रण लिएको हो ।

उक्त घटनामा आइतबार प्रहरीले शंकास्पद एक जनालाई नियत्रणमा लिएर थप अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी टोली अहिले घटनास्थल वरपरको अनुसन्धान सुक्ष्मरुपमा गरिरहेको बताए ।

प्रहरी हत्याराको नजिक नजिक पुगेको छ । थापाले भने, ‘शंकास्पद र अनुसन्धानले नजिक पुर्याएको एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ, यकिन र विस्तृत विवरण संकलन पछि घटनाबारे थपकुरा सार्वजनिक गछौँ ।’ प्रहरीले हत्या प्रकरणमा महत्वपूर्ण प्रमाण फेला पारिसकेको जनाएको छ ।

अनुसन्धान जारी राखेकाले हत्यारा पत्ता लगाउन नेपाल प्रहरीको विशेष अनुसन्धान टोली अझै सुक्ष्म तरिकामा छ । कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल समेत मुगु पुगेका छन् । अनुसन्धानलाई थप मजवुत गर्न ढकाल मुगु पुगेका हुन् ।

शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाको छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

 


Thali Mobile Pvt.Ltd.