भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा

मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा

ललितपुर, । मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा भेटिएको छ । ‘लिडको विषयबाट बचावटका लागि नवौँ अन्तर्राष्ट्रिय सचेतना सप्ताह–२०२१’ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन डब्लुएओ को सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले यहाँ आयोजना गरेको कार्यशाला गोष्ठीमा विज्ञले एक डेसिलिटर रगतमा पाँच माइक्रो ग्रामभन्दा बढी सिसा लिड हुुन नहुनेमा नेपालका बालबालिकाको शरीरमा सो भन्दा बढी पाइएको जानकारी दिए।

घर, विद्यालय तथा अस्पतालका भित्ता, फर्निचरमा लगाउने रङमा लिडको मात्रा प्रसस्त हुने भएकाले त्यसले स्वास्थ्य तथा वातावरणमा पार्ने समस्याको निराकरण एवं न्यूनीकरण गर्न जनचेतनाका साथै क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । डब्लुएओको नेपालस्थित कार्यालयका जनस्वास्थ्य सल्लाहकार डा खुर्सिद अलम हेदरले सरकारले सात वर्षअघि पेन्टमा तोकेको लेडको मापदण्डको व्यापक प्रचारप्रसार हुनुपर्ने बताए । उहाँले मुलुकमा नसर्ने रोग बढिरहेको सन्दर्भमा रङमा प्रयोग गरिने लिडलाई ध्यानमा राखी सोको ख्याल गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले लिडले बालबालिकाको शारीरिक तथा मानसिक एवं बौद्धिक विकासमा सिधै असर गर्ने हुँदा यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । सरकारले २०७१ पुस ७ गते राजपत्रमा प्रकाशित गरी पेन्टस्मा लिडसम्बन्धी तोकेको बाध्यकारी मापदण्ड ९० पिपिएम सम्मलाई प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार लिडले मानिसको मुटु, स्नायु र प्रजनन प्रणालीमा समेत असर गर्दछ । बालबालिकाको शरिरमा लिडको मात्रा धेरै भएमा स्मरण शक्तिमा हस आउने साहले दाबी गर्नुभयो ।

सो अवसरमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाविज्ञ खगेन्द्र बस्नेतले शरीरमा १० माइक्रोग्रामभन्दा बढी सिसाको मात्रा भेटिएमा उपचारमा लाग्न सुझाव दिनुभयो । काठमाडौँ मेडिकल कलेज सामुदायिक चिकित्सा विभागका प्रमुख डा सुनिलकुमार जोशीले ब्याट्री तथा रङमा प्रयोग भएका लिडले मानिसको पेट हुँदै टाउको अनि हड्डीमा समेत असर गर्ने बताए । मुलुकमा आधुनिकता भित्रिएसँगै बनिरहेका नयाँ भवनमा प्रयोग गरिने रङले आउँदा दिनमा मानिसको शरीरमा असर नगरोस् भनेर उत्पादित कारखानालाई ध्यान दिन अनुरोध गर्नुपर्ने केन्द्रले गरेको अध्ययनमा तोकेको पीपीएमभन्दा कम लेड पाइएको कम्पनी फेसन पेन्टस् उद्योग हेटौँडाका प्रमुुख व्यवस्थापक अरविन्द सिंहले बताए ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव धनञ्जय पौडेलले केन्द्र सरकार मात्रै नभएर स्थानीयलगायत गैरसरकारी संस्था अनि समुदाय तथा टोल–टोलबाट पेन्टस्मा हुने लिडको नकारात्मक प्रभावबाट बच्ने उपायका बारेमा जानकारी दिनुपर्ने खाँचो औँल्याउनुभयो । सरोकारवालाले सातै प्रदेशबाट ३७ पेन्टस् उद्योगका नमूना सङ्कलन गरी ६२ विभिन्न रङका इनामेलका साथै २१ विभिन्न रङका स्प्रे पेन्टस्का नमूनामा अध्ययन गर्र्दा ६२ मध्ये ३२ वटाअर्थात् ५२ प्रतिशतमा मात्र तोकिएको पीपीएमभन्दा कम लिड र बाँकी ३० नमूनाअर्थात् ४८ प्रतिशत पेन्टस्मा बढी लिडको मात्रा भेटिएको जानकारी दिइएको थियो । पेन्टस्मा लिडको मात्रा ९० पीपीएमसम्म हुुनुपर्नेमा हुँदा केहीमा २२ हजार ८५० अर्थात् मापदण्ड भन्दा २५४ गुणा बढी रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.