भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

मूर्त र अमूर्त सम्पदा संरक्षणमा भक्तपुर नपाले प्राथमिकता दिएको छ : मेयर प्राजापति

मूर्त र अमूर्त सम्पदा संरक्षणमा भक्तपुर नपाले प्राथमिकता दिएको छ : मेयर प्राजापति

भक्तपुर । भक्तपुर नपा वडा नं. ७ हनुमानघाटस्थित लोकेश्वर महादेव पुनःनिर्माणका लागि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले शिलान्यास गरेका छन् । बुधबार प्रमुख प्रजापतिले भक्तपुरका साँस्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थान र सम्पदाहरु पर्यटन आकर्षणको आधारहरु भएको बताउदै लोकेश्वर महादेव पुनः निर्माणका लागि शिलान्यास गरेका हुन । उनले यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षणमा भक्तपुर नपाले प्राथमिकता दिएका जानकारी दिए ।

भक्तपुर धार्मिक पर्यटनको रुपमा विकास गर्ने धेरै सम्भावनाहरु रहेको ठाउँ हो भन्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले धार्मिक स्थल व्यवस्थापनमा पनि विशेष पहल गर्दै आएको र सम्पदा पुनःनिर्माणमा उपभोक्ता समितिलाई नै जोड दिँदै आएको बताए । उनले हनुमानघाट परिसर यहाँका जनताको आस्थाको केन्द्रको रुपमा रहेको महत्वपूर्ण धार्मिक स्थल भएकाले यस ठाउँको सुधारको लागि नियमित सरसफाइ, मठ मन्दिर पुनःनिर्माण, पुल निर्माण, सुधारिएको शवदाहगृह निर्माणलगायतका कार्य निरन्तर रुपमा सञ्चालन भइरहेको जानकारी दिए ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर धेरै मठमन्दिरहरु भएको ठाउँ हो र जीर्ण अवस्थामा रहेका सम्पदाहरुको पुनःनिर्माण क्रम जारी रहेको बताउँदै मन्दिर पुनःनिर्माणमा स्थानीय जनताबाट आर्थिक र भौतिक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका सदस्य जीवनराज राजोपाध्यायले हनुमाघाटको इतिहास र महत्वबारे प्रष्ट पार्दै लामो समयदेखि जीर्ण अवस्थामा रहेको लोकेश्वर महादेव पुनःनिर्माण हुनु सुखद पक्ष रहेको बताए । कार्यक्रममा भनपा ७ का वडा सदस्य हेरा ख्याजू र उपभोक्ता समितिका अध्यक्ष बुद्धिराम दुवालले पनि मन्दिर पुनःनिर्माणमा स्थानीय जनताबाट सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.