भर्खरै : Sorry, your browser does not support inline SVG.

मेयर बालेन शाहलाई अमेरिकाबाट रामप्रद खनालको चेतावनी : आफ्नै कम्पाउन्डमा यमबुद्धको सालिक बनाउँन सुझाव

मेयर बालेन शाहलाई अमेरिकाबाट रामप्रद खनालको चेतावनी : आफ्नै कम्पाउन्डमा यमबुद्धको सालिक बनाउँन सुझाव

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले र्‍यापर यमबुद्धको सालिक बनाउन हतार गरेपछि विरोध भएको छ । उनले यमबुद्धको सालिक बनाउने कुरा सार्वजनिक भएपछि विभिन्न क्षेत्रका मानिसहरुले विरोध गरेका छन् । मेयर बालेनको यस्तो निर्णयको विरोध उनका सर्मथकहरुले समेत गरेपछि अहिले उनले सामाजिक सञ्जालमा काठमाडौं महानगरको बजेटबाट नभए आफ्नो तलवबाट समेत सालिक बनाउने कुरा सार्वजनिक गरेपछि विभिन्न माध्यमबाट सुझाव दिने र विरोध गर्ने क्रम जारी रहेको छ ।

उनलाई अमेरिकामा रहेका चर्चित कलाकार रामप्रसाद खनालले सुझाव सहितको चेतावनी समेत दिएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन् । “अस्ति भर्खर हो निर्वाचित भएर आएको । यति छिटो, जनभावनामा ठेस पुग्ने गरी, पहिला महानगर पालिकाको बजेटबाट, बिरोध सुरु भएपछि म मेरो तलबबाट र्‍यापर यमबद्धको सालिक बनाउँछु भनेर आफ्ना शुभचिन्तक, मतदातालाई सामाजिक सञ्जाल मार्फत उत्तर फर्काउनु भएछ, च्यालेन्ज गर्नु भएछ, चित्त दुखाउनु भएछ मेयर बालेनजीले, यस्तो देख्दा सुन्दा दुःख लाग्यो ।” भनेका छन् ।

खनालले लेखेका छन् “बालेन जी, तपाईँको काठमाडौँ सपार्ने योजना र भिजनलाई हो हामीले समर्थन गरेको, काठमाडौँ बासीले त्यस कारण हो ठूला दलका ठूला हौँ भन्ने उमेदवारहरुलाई हराएर तपाईँलाई ऐतिहासिक जित दिलाएको । तपाईँको र्‍याप सुनेर वा तपाईँ र्‍यापर यमबद्धको चेला भएर तपाइलाई काठमाडौँ बासीले मत दिएका हुँदै होइनन् है हेक्का होस ।

तपाईँको शुभेच्छुक भएरै, दोहोर्‍याएर भन्छु र्‍याप हाम्रो मौलिक संस्कृति हुँदै होइन । तपाईँका यमबुद्ध सालिक बनाउन योग्य र देशका लागि योगदान दिएका पात्र हुन कि होइनन् त्यसमा पनि आफै सर्भे गर्नुस् । अहङ्कारले मै हुँ भन्नेलाई बार्दली र कुना पुर्‍याएको छ देख्नु भएकै छ धेरै उदाहरणहरू । सच्चिनुहोला । जनभावना बुझ्नुहोला । होइन जिद्दी नै गर्नुहुन्छ भने, यमबद्धको मात्रै होइन भेलु बाजे र भिटेनको पनि सालिक मेरै तलबबाट बनाउँछु भन्नुहुन्छ भने हामीले भन्ने एउटै कुरा हुन्छ, त्यो हो तपाईँकै घर कम्पाउन्डमा बनाउनुहोला । महानगर पालिकाका सार्वजनिक स्थलमा होइन । सत्य तितो हुन्छ है ” यसरी खनालले सुझाव सहितको चेतावनी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.