भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

मेलम्चीमा पूर्वसूचना प्रणाली जडान

मेलम्चीमा पूर्वसूचना प्रणाली जडान

सिन्धुपाल्चोक । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ ।

मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो ।

मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भने, ‘यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्छ ।’

मेलम्चीले गत असारको विनाशकारी बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली) साइरन प्रविधि जडान गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.