सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिबद्धता व्यक्त गरेका छन् ।
मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान क्षेत्रमा पुगेका प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा गृहकार्य गर्ने बताए ।
आवश्यक बजेटको व्यवस्था मिलाउने उनको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा जानकारी लिएका छन् ।
आयोजनाका बारेमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले उनलाई जानकारी गराएका थिए ।
