भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

मोटरसाइकल र साइकल ठोक्किँदा दुईजनाको मृत्यु

मोटरसाइकल र साइकल ठोक्किँदा दुईजनाको मृत्यु

दाङ । मोटरसाइकल र साइकल ठोक्किएर दुर्घटना हुँदा दाङमा दुईजनाको मृत्यु भएको छ । मोटरसाइकलचालक घोराही उपमहानगरपालिका–१५ का ३५ वर्षीय गंगाबहादुर कवर र साइकलयात्री १६ वर्षीय रितेश केसीको मृत्यु भएको ।

उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले बताए । रा ३ प २९२२ नम्बरको मोटरसाइकल र साइकल  बिहीबार राति पानै नौ बजेतिर घोराही उपमहानगरपालिका – ७ बेसाइनजिक ठोक्किएका हुन् ।

मोटरसाइकल सौडियारबाट घोराहीतर्फ आउँदै गरेको थियो ।  दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका– ७ बस्ने ३८ वर्षीय वसन्त चौधरी र अर्का साइकलयात्री सोही वडाका १५ वर्षीय विनोद भण्डारी छन् ।

घाइतेको राप्ति स्वास्थविज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

 


Thali Mobile Pvt.Ltd.