भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

मोबाइलबाटै आफ्नो मतदाता नामावली दर्ता आजदेखि सुरु

मोबाइलबाटै आफ्नो मतदाता नामावली दर्ता आजदेखि सुरु

काठमाडौँ । मङ्गलबारदेखि ७७ वटै जिल्लामा अनलाइन मतदाता नामावली दर्ता सुरु हुने भएको छ । सोमबारदेखि सुरु हुुने भने पनि सोमबार राष्ट्रिय शोक परेकाले मंगलबारदेनि सुरु हुने भएको हो । मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै सुरु हुने भने पनि सोमबार राष्ट्रिय शोक बिदा परेकाले मंगलबारबाट हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रारम्भिक दर्ता भएपछि आयोगले पालो आउने दिनसहितको विवरण मोबाइलमा पठाउने जनाइएको छ । त्यसपछि नामावली दर्ता गराउने व्यक्तिले बायोमेट्रिकका लागि सम्बन्धित निर्वाचन कार्यालयमा पुग्नुपर्ने निर्वाचन आयोगले तय गरेको छ ।
प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक गर्ने कार्यसमेत सँगै सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआईआर)मार्फत नामावली दर्ता हुँदै आएकोमा उक्त प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्नेगरी प्रारम्भिक दर्ता सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.