भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

प्रतिकुल मौसमले खोजीकार्यमा अवरोध पुर्‍यायो : प्रमुख जिल्ला अघिकारी शर्मा

प्रतिकुल मौसमले खोजीकार्यमा अवरोध पुर्‍यायो : प्रमुख जिल्ला अघिकारी शर्मा

काठमाडौं । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तार एअरको विमानको खोजी भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताएका छन् । आइतबार कैलश खबर डटकमसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले प्रकुल मौसमका कारण खोजी कार्यमा अवरोध भइरहेकाले जहाजको अवस्थाबारे जानकारी पाउन नसकेको बताएका हुन ।

उनले वरपरको मौसम सफा नभएकाले जहाजको खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको जानकारी दिए । यता तारा एअरले पनि आफ्नो हराइरहेको जहाजको खोजी भइरहेको जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट समेत त्यसतर्फ प्रस्थान गरिसकेको कम्पनीले जनाएको छ ।

तारा एअरले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो हराइरहेको जहाजको खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाइ राखिएको विज्ञप्तिममा उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.