भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

प्रतिकुल मौसमले खोजीकार्यमा अवरोध पुर्‍यायो : प्रमुख जिल्ला अघिकारी शर्मा

प्रतिकुल मौसमले खोजीकार्यमा अवरोध पुर्‍यायो : प्रमुख जिल्ला अघिकारी शर्मा

काठमाडौं । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तार एअरको विमानको खोजी भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताएका छन् । आइतबार कैलश खबर डटकमसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले प्रकुल मौसमका कारण खोजी कार्यमा अवरोध भइरहेकाले जहाजको अवस्थाबारे जानकारी पाउन नसकेको बताएका हुन ।

उनले वरपरको मौसम सफा नभएकाले जहाजको खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको जानकारी दिए । यता तारा एअरले पनि आफ्नो हराइरहेको जहाजको खोजी भइरहेको जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट समेत त्यसतर्फ प्रस्थान गरिसकेको कम्पनीले जनाएको छ ।

तारा एअरले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो हराइरहेको जहाजको खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाइ राखिएको विज्ञप्तिममा उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.