भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

म कसरी भुल्न सक्छु र ! मेरो प्यारो आठबीस

म कसरी भुल्न सक्छु र ! मेरो प्यारो आठबीस

म कसरी भुल्न सक्छु र ! जो मेरो जन्मभुमी हो । व्यवस्था बदलियो, सरकार बदलियो हामी सबै जानकार छौं । मानौं आठबीस नगरपालिका विकासको गतिमा छ । मठ मन्दिर जिर्णोद्वार हुदैछन् । रंगिन बन्दैछन् । यस क्षेत्रका अग्ला भुभागबाट हेर्दा विभिन्नखालका रङले रंगिन देख्न सक्छौं । जो पर्यटकिय हिसावले शून्य नै छन् । मात्र बनाउने नाममा बनाइ मात्र भयो ।

यसो भन्दै गर्दा म धर्म विरोधी होइन, बाटाघाटाको कुरा, कृषिको कुरा सन्तोषजनक छैन । आयआर्जनका कामहरु के हुन जनतालार्इ थाह छ नत सिकाइएको छ । शैक्षिक संस्थाहरु भौतिक हिसाबले गतिशिल छन् । शैक्षिक हिसाबले कस्तो प्रगती छ ? भन्ने कुरा भर्खरैको २०७८ को एसइइ परिणामले पनि जनाएको छ । हो, भन्न मन लागेको छ, यही नगरपालिकाको वार्ड नं– ७ मा एउटा आधारभूत विद्यालय छ ।

जसको स्थापना २०५५ सालमा भएको हो । साविक गाविस हुँदै नगरपालिकाको दोश्रो कार्यकालमा छ । स्थानीय तह, जसको स्थापनाका लागि सल्लाह दिने मध्यका एक जना सल्लाहकार बहालवाला मेयर हुनुहुन्छ । २०५५ देखि २०७८ सम्म आर्इपुग्दा पनि नत यहाँ जनप्रतिनिधिको नजर पुग्यो न नत शिक्षा समितिको नै ध्यान गयो ।

सहायता कतै बाट हुन सकेन । जनप्रतिनिधिका हेर्ने आँखामा रतन्धोले ग्रसित भए भनेर स्थानीयले भनिरहेको सुनियो । कसो कसो यो वर्ष नगरपालिकाले २० लाख बजेट बिनियोजन गरेको सुने । स्थापनाको २३ बर्ष पछी जनप्रतिनिधीका आँखाको रतन्धो हटेछ भन्ने लाग्यो । अबत यहाँका बाल बालिकाहरु खुल्ला आकाशमुनी घाम पानीमा भिजेर पढ्ने दिन जाने भए लागेको थियो ।

धेरै वर्षपछि घाम पानी छेक्नसक्ने भए भनेर मन गदगद भएको थियो । केही मनमा आशा जागेको थियो । तर, बिडम्बना त्यही विद्यालयको बजेटका विषयलाई लिएर नगरपालिकामा घमासान लडाई चलेछ । एक आपसमा बोलीचालिसमेत बन्द भएछ । र अन्तमा रिजल्ट १० लाख बजेट काटेर सहमति गरेछन् । अब त्यो १० लाखले कति कोठे भवन बन्ला ?

त्यो पनि जनप्रतिनिधिबीच विवादै विवादका बावजुद अमुख राजनीतिक दलले आफ्नो पार्टीको शिक्षक भएन भनेर बजेट काटिएको रहेछ । यति निच र पूर्बाग्रही ढंगले लागेको जनप्रतिनिधिका आँखाको रतन्धो कहिले हट्ला ? नजितुन्जेल खुट्टा ढोग्ने जितेपछि राणाशासनकै पारा देखाउने राजनीतिले कहाँ पुगिएला महोदय ? यहाँका बालबालिका राणाका सन्तान त होइनन् होला ?

सायद त्यही भएर होला १०४ बर्षमा राणा शासन ढलेको । त्यो त याद होला नि तपार्इंहरुलाई । नत ती पंचका सन्तान हुन । सायद ३० बर्षमै ढलेको पंचेसरकारको पनि त ज्ञात होला नि महोदय । तपाईंहरुले राजाको शासन पनि त हेर्नु भएकै होलानि ? ती राजका पनि सन्तान होइनन् होला । जो २५० बर्ष टिकेर पनि ढलेको कुरा जनतालाइ पढाउदै आउनु भएको हो ।

त्यसैले तपाईंहरु को हो ? के तपाईंहरुको पद आजिवन रहला त ? शिक्षा जस्तो पवित्र सस्थामा यत्रो पक्षपात किन गरेको महोदय ? के त्यो बस्तीका जनता नेपालीका सन्तान होइनन् ? भोलि त्यो कुर्सी छोड्नु पर्ने होला त । २०७८ को स्थानीय तहको निर्वाच भएको बर्षौं भएको छैन । तपाईंहरुको जिब्रोमा झुन्डिएको शब्द यो विद्यालय पहिलो प्राथमिकतामा ।आशा दिनु कति सजिलो है ।

अझै अर्को कुरा राजनैतिक भिक्षा मागेको यति छिटै भुल्नु भएछ है । हामीलाइ जिताउनु भयो भने हामी जनताका काम गर्नेछौं । तपाईंहरुको सल्लाह लिनेछौँ ।आहा शब्दमा मिठास कति दिन जानेको है । अझै तपार हरुको गुण भुल्ने छैनौं । जो विजय र्‍यालिबाटै आएका शब्दरुपी आश्वाशन यति छिटै भुल्नु भएछ । हेक्का रहोस् तपाईंहरुको भिक्षा लैजानुहोस् ।

सिधा जनतालाइ झुठका आस्वाशन तपार्इंहरुका निमित्त अभिसाप नहोस् । जाबो १० लाखले नगिज्याउनुहोस् । जनतालार्इ भिक्षा होइन, विकास चाहिएको छ । पकेटबाट होइन, जनताको ढुकुटीबाट विकास चाहिएको हो । मलाइ होइन, जनतालाइ हो महोदय । अन्य दलको शिक्षक अस्वीकार्य हुन्छ भने कृपया यसको जो बिरोध गर्ने प्रतिनिधि हुनुहुन्छ, तपाईं नै शिक्षक हुनुहोस् र दुबैहातमा लड्डु समात्नुस् ।

यति लेख्न बाध्य किन पारियो ? म यस विद्यालयको सस्थापक सदस्य भएकोले पनि मेरो मन दुखेको छ । विकास बिरोधि र पक्षपाती तपाईं प्रतिनिधि देख्दा घृणा लागेर आएको छ । मैले यति लामो समयसम्म कसैका खुट्टा मलिन र मल्ने पनि छैन । मैले त आफुलाइ बजेट मागेको पनि होइन ।

आवश्यक्ता हो । जनताका छोराछोरीले शिक्षा पाउनु नैसर्गिक अधिकार हो । यो विषयलाई मनन् गरि अगाडि बढ्नुहोस नत्र, विश्वका कतिपय तानाशाहको टाउकाको फुटबल जनताले नै खेलेका उदाहरण प्रसस्त छन् । त्यो इतिहास पनि पढ्नुहोस महोदय । जनता विस्तारै जाग्दै छन् र चुनाव पनि नजिकिदै छ ।

जनताको आश निरासामा नबदलिदिनुस् । त्यसैले आवश्यक्ताको आधारमा उचित रकमको बन्दोबस्त गरिदिनु होला । त्यसैले दास मानसिकताले ग्रसित हुनु हुन्छ भने ती जनता दोश्रो मुलुकबाट आएका शरणार्थी नसम्झिनु होला । धन्यवाद
:डबल कठायत आ.न.पा ७, काफलपानी दैलेख

 


Thali Mobile Pvt.Ltd.