भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र

मुस्ताङ, २८ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरलानाका प्रयोग बढेको छ । यसको प्रभाव मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत देखिएको छ ।

लोमान्थाङ गाउँपालिका–४ स्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमा मात्रै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङ र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि कोरलानाकाबाट चिनियाँ मालवस्तु आयात हुने क्रम उल्लेख्य रूपमा बढेको हो ।

शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले २७ करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भदौ २२ गतेपछि दैनिक औसतमा करिब ३० करोड रुपैयाँ राजस्व सङ्कलन भइरहेको भन्सार प्रमुख चुडालले जानकारी दिए । उनका अनुसार शुक्रबार ७१ कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ ।

रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका ४३४ कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर तथा विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबाट दुई अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताए ।

भदौ ९ गतेसम्म भने कोरलानाका हुँदै १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए । यसअघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै वर्षभर खुला रहने कोरलानाकालाई तातोपानी र रसुवागढी नाका बाढीपहिरो तथा नदी कटानका कारण अवरुद्ध भएपछि सरकारले वैकल्पिक निकासी तथा पैठारी नाकाका रूपमा प्रयोग गर्न थालेको थियो । सरकारले २०८२ भदौ ३१ गतेदेखि कोरलानाकालाई वैकल्पिक व्यापारिक नाकाका रूपमा खुला गरेको थियो ।

भन्सार प्रमुख चुडालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सार कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा पैठारीतर्फ १४ अर्ब ४१ करोड रुपैयाँ र निकासीतर्फ २० करोड ५० लाख रुपैयाँ बराबरका मालवस्तुको कारोबार भएको थियो ।

गत आर्थिक वर्षमा कोरलानाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन र एक हजार ८७३ वटा कन्टेनरको भन्सार जाँचपास गरिएको भन्सार कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.