भर्खरै : Sorry, your browser does not support inline SVG.

यसकारण फेर्छ सर्पले काँचुली

यसकारण फेर्छ सर्पले काँचुली

काठमाडौं । नेपालमा सर्पको टोकाइबाट वर्षेनी धेरै मानिसहरुले ज्यान गुमाउने गरेका छन् । सर्पले काँचुली फेर्छ भन्ने पनि थाह छ । तर किन फेर्छ छ काँचुली ? यसबारे धेरैलाई थाहा नहुन सक्छ ।

मानिसले कपडा फेर्छन्, त्यसरी नै सर्पले पनि काँचुली फेर्छ । छाला खराब भएपछि वर्षमा तीनदेखि चार पटकसम्म सर्पले आफ्नो काँचुली फेर्छ । काँचुली फेर्दा सर्पको छाला सफा हुने र कुनै संक्रमण नहुने हुन्छ ।

जसरी पुरानो मृत छालाको ठाउँमा नयाँ छालाले ठाउँ लिन्छ, सर्पको पनि त्यस्तै पुरानो काँचुली गएपछि नयाँ काँचुली पलाउँछ । काँचुली फेर्दा सर्पको आँखालाई ढाकेर रहेको पारदर्शी झिल्लीसमेत शरीरको माथिल्लो पत्र पूर्ण रुपमा परिवर्तन हुन्छ ।

यस अवस्थामा सर्पको आँखा दुधिया र बादल लागेकोजस्तो देखिन्छ  ।सर्पको आँखा त्यसबेलामा मात्र पारदर्शी झिल्लीबाहिर प्रष्टसँग देख्न सकिन्छ, जब यसले आफ्नो काँचुली फेर्छ ।

यसरी काँचुली फेर्दा सर्पको आँखालाई ढाकेर रहेको पारदर्शी झिल्लीसमेत शरीरको माथिल्लो पत्र पूर्ण रुपमा परिवर्तन हुन्छ । यस अवस्थामा सर्पको आँखा दुधिलो र बादल लागेकोजस्तो देखिन्छ ।

यसो हुनुको कारण सर्पको पुरानो काँचुलीको आँखालाई ढाक्ने पारदर्शी झिल्ली र नयाँ झिल्लीको बीचमा निस्कने तरल पदार्थ नै हो । यो तरल पदार्थ शरीरबाट पुरानो काँचुलीलाई त्याग्न सजिलो पार्नको लागि निस्कने गर्छ ।

 


Thali Mobile Pvt.Ltd.