काठमाण्डौ । यसपालिको दशैँ पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । पानी नपर्ने भएपछि दशैं घमाइलो हुने भएको हो । दशैँको टीकासम्म मौसम सामान्यतया सफा हुने देखिएको मौसमविद्ले जनाएका छन् ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको जनाइएको छ ।
बिहान बेलुका चिसो भए पनि दिउँसो भने गर्मी नै छ । जाडोयाम शुरु भइसकेकाले चिसो भने बिस्तारै बढ्दै छ । यसबीचमा पहाडी क्षेत्रका एकरदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ ।
