भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

युक्रेनको युद्धग्रस्त दोनेत्स्क क्षेत्रमा रूसी राष्ट्रपति पुटिनको भ्रमण

युक्रेनको युद्धग्रस्त दोनेत्स्क क्षेत्रमा रूसी राष्ट्रपति पुटिनको भ्रमण

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको दोनेत्स्क क्षेत्रको भ्रमणमा पुगेका छन्। आइतबार राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको दोनेत्स्क क्षेत्रमा पुगेका हुन । क्राइमिया रुसमा गाभिएको नवौं वर्षगाँठ कार्यक्रममा सहभागी भएपछि उनी दोनेत्स्क क्षेत्रको भ्रमणमा पुगेका हुन ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ आदेश जारी गरेको भोलि पल्ट शनिबार क्राइमिया पुग्नु भएका पुटिन आइतबार युद्धग्रस्त दोनेत्स्क क्षेत्रमा पुगेको बताइएको छ ।
क्राइमिया भ्रमणका क्रममा उनले कृष्णसागरस्थित बन्दरगाहको निरीक्षण समेत गरेका थिए । नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत शुक्रबार युक्रेनमा युद्ध अपराध गरेको आरोपमा पुटिनविरुद्ध पक्राउ आदेश जारी गरेको थियो ।

आईसीसीको पक्राउ आदेशलाई रुसले अर्थहीन भन्दै बेवास्ता गरेको छ । पुटिन क्राइमियाबाट हेलिकोप्टर मार्फत युक्रेनको मारियुपोल शहरमा पुगेका हुन । दोनेत्स्क क्षेत्र अहिले रुसी सेनाको नियन्त्रणमा रहेको छ । मारियुपोलमा पुटिनले आफैं कार चलाउँदै विभिन्न स्थानको भ्रमण गरेको र बीच–बीचमा राकेर स्थानीयहरुसँग कुरा समेत गरेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.