भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर, घनश्याम भूसाल महासचिवमा मनोनीत

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर, घनश्याम भूसाल महासचिवमा मनोनीत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले महासचिवमा घनश्याम भूसाललाई मनोनीत गरेको छ । यसअघि महासचिवको जिम्मेवारी समाल्दै आएका बेदुराम भूसाललाई भने उक्त बैठकले उपाध्यक्ष मनोनीत गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको र उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

मंसिरमा सम्पन्न निर्वाचनमा एमाले छाडेर स्वतन्त्र लडेका घनश्याम चुनावमा पराजित भएपछि गत २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । त्यसबेला नेता भूसाल सचिवालय सदस्यको जिम्मेवारीमा रहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.