भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर, घनश्याम भूसाल महासचिवमा मनोनीत

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर, घनश्याम भूसाल महासचिवमा मनोनीत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले महासचिवमा घनश्याम भूसाललाई मनोनीत गरेको छ । यसअघि महासचिवको जिम्मेवारी समाल्दै आएका बेदुराम भूसाललाई भने उक्त बैठकले उपाध्यक्ष मनोनीत गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको र उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

मंसिरमा सम्पन्न निर्वाचनमा एमाले छाडेर स्वतन्त्र लडेका घनश्याम चुनावमा पराजित भएपछि गत २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । त्यसबेला नेता भूसाल सचिवालय सदस्यको जिम्मेवारीमा रहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.