भक्तपुर । सेल्फी खिच्ने र उपत्यकाको सुन्दर दृश्य हेरेर मनोरञ्जन लिनेका लागि रानीकोटमा भेटिएको छ अनौठो चुच्चे ढुंगा । प्राचिन, ऐतिहासिक एवं पर्यटकीय गन्तव्य बनेको रानीकोटगडी, नजिकै रहेको भिलेज हाइल्याण्डको सेल्फी टावर, चराको गुँडमा बस्न पाईने मनोरञ्जनसंगै जंगल भित्र चुच्चे ढुंगामा बसेर उपत्यकाको सुन्दर दृश्य हेर्न आज भोलि युवा युवतीहरु यहाँ पुग्ने गरेका छन् ।
पर्यटकका लागि राजधानीको आकर्षक गन्तव्यका रुपमा रहेको चुच्चे ढुंगा पुग्न भक्तपुरको सुर्यविनायक देखि रानीकोट सम्म सवारीसाधनमा र त्यसपछि पदमार्ग प्रयोग गरेर यहाँ पुग्न सकिन्छ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा अवस्थित यो चुच्चे ढुंगा विभिन्न आकृतिमा रहेकोले पुरातात्वीक महत्व पनि रहेको जानकार बताउछन् ।
सूर्यविनायक चोकबाट झण्डै ६ किलोमिटरको यात्रा तय गरेपछि चुच्चे ढुंगा पगिन्छ । यहाँको प्राकृति सौनर्दयतालाई नविगारेर यसको महत्व र पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले ध्यान दिएको छ । चारैतिर जंगलले घेरेको यहाँ वनको चीचमा उभिएको चुच्चे ढुंगा र यसको प्राकृतिक सौन्दर्यताले जोकोहीको मन लोभ्याउने गर्दछ ।
कसरी भयो खोजी ?
“जनविस्वास अनुसार यो बाघ भैरबको पुच्छर भनेर परिचित छ । यहाँ बाघ बसेर पुच्छर तेर्साएर लामो समयसम्म घाम ताप्ने गरेको बुढापाकाले भन्थ्य । यो विशाल चट्टान, पहरा, यस भित्र रहेको गुफा र बाघ बस्ने ठूलो गुफा पनि छ । चराहरुको राजधानी जस्तै यो ठाउँ प्राकृतिक सुन्दरतामा रम्नेहरु सजग भएर सुरक्षा सावधानी अपनाउन पनि जरुरी छ । यस चुच्चे ढुंगाबाट उपत्यकाको पुरै दृश्य देखिने भएकाले यहाँ पर्यटकको घुइचो नै लाग्ने गर्दछ । चरा संरक्षणको लागि अध्यन गर्दा यहाँ पुगियो । यसको विकास कसरी गर्ने भन्नेमा पहल गरिरहेका छौं ।”
यो भनाई हो प्रदेश ३ का पर्यटन विकास समिति सदस्य राम सुन्दर बकेको । बके लगायतको टीमले पर्यटकिय स्थलको खोजि गर्दैजाँदा यहाँ पुगेपछि सबै सम्भावनाले भरिएको यस ठाउँलाई सबै सामुल्याउनु पर्छ भन्ने लागेर सार्वजनिक गरिएको हो । यसको पहिचानमा ढिला भएको स्थानीयले गुनासाे गरेका छन् ।
अहिले सुर्यविनायक नगरपालिकाले पर्यटकीय स्थलकाे रूपमा विकास गरेर लैजाने भन्दै गघि बढेकाे छ । यस ढुंगाको वरिपरि फुलेका फूलहरु, फूलको वास्ना र विभिन्न प्रजातिका चराहरुको आवाजले मनमाेहक बनाइदिन्छ । राजधानी नजिकैको सुन्दर ठाउँ रानीकोटको बीच भागमा अवस्थित यस चुच्चे ढुंगाबारे सूर्यविनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रविन्द्र सापकाेटासहितको टिमले यसकाे अवस्थाका बारेमा अध्यन गरेकाे छ ।
ऐतिहासिक स्थान भएकाले आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य भएकाले यसको संरक्षणमा जुटिसकेको सापकाेटाले बताए । चुच्चे ढुंगाको प्राकृतिक सुन्दरतालाई अझै सुन्दर बनाउन निरन्तर पहल गरिरहेको उनको भनाई छ । यहाँ पुग्ने पर्यटकका लागि सहज बनाउन चुच्चे ढुंगासम्म प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको बजेटबाट पदमार्ग समेत खनिएको छ ।
पहिले पहिले चुच्चे ढुगांमा रहेको गुफामा बाघ, चितुवा लगायतका जनावरहरु समेत देख्न सकिने यहाँ अहिले सेल्फी, खिच्ने, धारीला चुच्चाको सुन्दरतासंग लुडिवुटी गर्ने मानिसहरु यसको प्राकृतिक सुन्दरताले लोभिने गरेका छन् । चुच्चे ढुंगाबाट रानीकाेट गडी र भिलेज हाइल्याण्ड नजिकै रहेकाे चराकाे गुँड र यहाँका अन्य गन्तव्यहरूकाे विकासमा तीब्रता दिइरहेकाे पर्यटन विकास समिति सदस्य रामसुन्दर बकेकाे भनाइ छ ।
रानीकाेट पनाैती नगरपालिका, गाेदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र सुर्यविनायक नगरपालिकाकाे चरा संरक्षण क्षेत्र भित्र पनि पर्दछ । प्रचार प्रसार नभएका अनगिन्त पर्यटकीय स्थल र विभिन्न गन्तव्य यहाँकाे जंगलमा भित्र रहेका छन् । जसकाे खाेजी गरिन जरूरी छ ।
तस्बीरमा अनौठो चुच्चे ढुंगा…


