भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यौन दुर्व्यवहार आरोपमा जुम्लाका राउत भक्तपुरबाट पक्राउ

यौन दुर्व्यवहार आरोपमा जुम्लाका राउत भक्तपुरबाट पक्राउ

काठमाडौं । जुम्ला तिला गाउँपालिका–९ रासाका २३ वर्षीय दिनेशकुमार राउत यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् । टिकटक मार्फत पीडित महिलासँग साथी बनेर अनलाइन माध्यमद्वारा महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

पटक–पटक भेट्न बोलाउने र बोलाएको स्थानमा भेट्न नजाँदा फेक आईडीमार्फत अश्लील क्याप्सन राखी, अश्लील भिडियो तथा तस्बिर पोष्ट गरेर आफ्नो चरित्रहत्या गरेको भन्दै पीडित महिलाले दिएको उजुरीका आधारमा राउतलाई आइतबार भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो । सोमबार सात दिनको म्याद थपेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.