भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलले बैधानिकता पायो

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलले बैधानिकता पायो

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलले बैधानिकता पाएको छ । शुक्रबार निर्वाचन आयोगले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गरेपछि उक्त पार्टीले बैधानिकता पाएको हो । आयोगले प्रस्ताव गरेको घण्टी चुनाव चिन्हलाई आयोगले संशोधन गरेको छ । घण्टी चुनाव चिन्ह अर्कै दलको भएपछि आयोगले पार्टीलाई गोलाकारभित्रको घण्टी चिन्ह दिएको छ । आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन दर्ताको प्रमाणपत्र प्रदान समेत गरेको हो ।

पार्टी दर्ताको निवेदन आयोगमा दिएपछि विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारहरूको एलाइन्सले उक्त पार्टी दर्ता नगर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका थिए । असार ७ गते रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै दर्ताको लागि आयोगमा निवेदन दिएका थियो । उनले चुनाव चिन्ह घण्टी राख्न प्रस्ताव गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.