भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

राजधानीको महत्वपूर्ण पर्यटकीय स्थल रानीकोट, जंगल सफारीको मज्जानै बेग्लै ..

राजधानीको महत्वपूर्ण पर्यटकीय स्थल रानीकोट, जंगल सफारीको मज्जानै बेग्लै ..

भक्तपुर । के तपाइलाई थाहा छ राजधानी नजिकैको सुन्दर पर्यटकीय गन्तव्य कुन हो भनेर ? पक्कपनि थाहा पाउनुभएको छैन भने एक पटक आफैलाई सोध्नुहोस् त कुन होला ? यो कहा होला ? कति टाढा होला ? भौतिक संरचना कस्ता होलान ? आउन जान सहजता के होला ? यी सबै प्रश्नको जवाफ एउटै हो रानीकोट । रानीकोट नामै काफि छ । यसले पताईको मनमा लागेको सबै प्रश्नको जवाफ दिने छ जव तपाई रानीकोटमा पाइला टेक्नु हुने छ । तपाई एक पटक रानीकोट पुग्नुहोस् यहाँको प्राकृतिक सुन्दरताले तपाईलाई एक पटक होइन सयौं पटक बोलाइ रहेने छ ।Ranikot
रानीकोट समुद्री सतहबाट करीब दुई हजार मिटर उचाइमा रहेको सुन्दर काठमाडौं उपत्यका सहित लाडटाङ हिमशृंखला आँखै अगाडि देख्न सकिने स्थान हो । उपत्यकाका चार विनायकमध्ये एक सूर्यविनायक मन्दिर हुँदै रानीकोट पुगिन्छ । सूर्यविनायक चोकदेखि रानीकोटसम्म ७.२ किलोमिटरको दुरी छ । आफ्नै आँखाले नियाल्ने दृश्यहरु त यहाँ छदैछन् । तर रानीकोटको सुन्दर वातावरणमा हराउने मानिसहरुको मानसपटले रानीकोटको प्राकृतिक सौन्दर्यतालाई मुक्तकण्ठले प्रशंसा गरिरहन्छ । केही सुन्दर हाइकिङ रुटहरु भएको रानीकोटको नयाँ परिचय जिप सफारी रुट पनि हो । रानीकोटको बीच भागमा रहेको भिलेज हाइल्याण्ड रिसोर्ट काभ्रे, भक्तपुर र ललितपुरको मध्य बिन्दु हो ।jeev Saphari

यही मध्य विन्दुबाट जिप सफारीको यात्रा सुरु हुन्छ । जिप सफारी यहाँको नयाँ परिचय बनाउन भिलेज हाइल्याण्ड रिसोर्टले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । रानीकोट जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि मनोरञ्जनको एउटा माध्यम बनेको जिप सफारी रिसोर्टको मूलगेटबाट सुरु भएपछि भक्तपुर, काभ्रे र ललितपुरका मनोरम प्राकृतिक छटाहरुलाई पार गर्दै कहिले उच्च पहाडमा पुग्छ त कहिले समथर मैदानमा दौडि रहन्छ ।Saphari

जिप सफारीको मज्जा त त्यतिवेला आउछ जव जंगलको बीच भागबाट जिप दौडिरहन्छ । जिपको आवाजसंगै जंगली जनावरका आवाजले गुन्जायमान वनेको हरियाली पहाडका खोचमा नयनहरु जव हराउ छन् तव यहाबाट देखिने हरेक दृश्य सबैले आँखामा कैद गर्छन । यीनै सुन्दर जंगली हरिया पहाडको दृश्यले आँखालाई सीतलता मात्रै प्रदान गर्दैन मन समेत शान्त पारिदिन्छ ।Ramailo

रानीकोट भिलेज हाइल्याण्डबाट सुरु भएको सफारी यात्रामा तपाइलाई प्राकृतिक हरियालीले स्वागत गरि नै रहेको हुन्छ । योसगै ट्राउड माछाको स्वादले झनै तपाईलाई मोहित बनाइदिन्छ । डाडा र समथर मैदानको बीचमा बग्ने खोलाको छङछङले, चराचुरुंगीको आवाज अनि फूलचोकी, लाँकुरीभन्ज्याङ वरपरका दृश्यले मोहीत बनाइदिन्छ । राजधानीको कोलाहललाई विर्साइ दिनन्छ । तपाईले झण्डै साढे तीन घण्टा यात्रा गर्दा यहाँका हरेक कुराले तपाइको यात्रालाई सार्थक बनाएको महसुस गराइदिन्छ ।jaungal saphari

भिलेज हाइल्याण्डबाट तेस्रापसल, पर्खालचौर, ¥याले, मानेदोभान, खानी खोला, लठ्ठा भञ्ज्यांङ, लाकुरी भञ्ज्याङका दृश्यहरुमा हराउँदै तपाई पुःन रानीकोट भिलेज हाइल्यान पुग्नु हुन्छ तव तपाई शान्त मनोरम दृश्यमा हराएको महशुस गर्दै एक पटक होइन धेरै पटक जंगल सफारीको यादमा हराउदै सयौं पटक रानीकोट आउने प्रतिज्ञा गर्नु हुने छ ।ranikot

हो तपाई एकपटक सफारी गरेर हेर्नुहोस शब्दमा वर्ण गरेको भन्दा पनि बेग्दै आन्नद प्राप्त गर्नुहुने छ । रानीकोट, लाकुरीभञ्ज्याङ, फुलचोकीका सुन्दर प्राकृतिक दृश्यले पर्खिनुका साथै तपाईलाई बोलाइ रहने छ ।Ranikot

 

 


Thali Mobile Pvt.Ltd.