राजधानीमा भागदौड मच्चिँदा १ सय ४९ जनाको ज्यान गयो

राजधानीमा भागदौड मच्चिँदा १ सय ४९ जनाको ज्यान गयो

सिओल । दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ४९ जनाको ज्यान गएको छ । शनिवार राति हालविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिड मच्चिएको हो । भागदौडमा १ सय ४९ जनाको ज्यान गएको र कयौँ घाइते भएका छन् ।

ज्यान गुमाउनेमध्ये दुई जना विदेशी नागरिक छन् । भागदौड किन मच्चियो भन्ने खुलेको छैन ।कोरोना महामारीका कारण तीन वर्षसम्म हालविन इभ मनाउन नपाएका हजारौँ कोरियाली युवायुवती यसपालि निकै उत्साहकासाथ सडकमा निस्केर इभ मनाइरहेका थिए ।

मध्यरातमा भएको भागदौडबाट ज्यान गुमाउनेमध्ये धेरैजसो युवायुवती नै रहेका छन् । कोरियाली सरकारले घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रो, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, बेलायती प्रधानमन्त्री ऋषि सुनक लगायतले घटनाप्रति दुस्ख व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.