भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

रानीकोट, लाकुरीभन्ज्याङ, गोदावरी र फुल्चोकीको पर्यटनमा नयाँ आयाम

रानीकोट, लाकुरीभन्ज्याङ, गोदावरी र फुल्चोकीको पर्यटनमा नयाँ आयाम

काठमाडौं । भक्तपुर,ललितपुर र काभ्रे जिल्लाको संगम रानीकोटलगायतका पर्यटकीय क्षेत्रमा आउँने पर्यटकका लागि नयाँ आयाम थपिएको छ । वन तथा वातावरण मन्त्रालयले ललितपुर र काभ्रेमा पर्ने वन क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेसंगै भक्तपुर, ललितपुर र काभ्रेको संगम रानीकोट, ललितपुरको लाकुरीभन्ज्याङ, फुल्चोकीलगायतका पर्यटकीय क्षेत्रमा नयाँ आयाम थपिएको हो । गोदावरी, फुल्चोकी वन संरक्षण क्षेत्र घोषणा गरिएसंगै पर्यटन व्यवसायीहरु पनि खुशी देखिएका छन् ।

पश्चिममा ललितपुरको गोदावरी नगरपालिका वडा नं ४ र ५ मा पर्ने जयभद्रे सामुदायिक वनदेखि पातलेछाप सामुदायिक वन क्षेत्रअन्तर्गतको राष्ट्रिय वन र निजी आवादी जग्गाको सिमानासम्मको राष्ट्रिय वनको भाग तथा भूपरिधीय क्षेत्रलाई संरक्षण क्षेत्र कायम गरिएको छ । पूर्वमा ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको पूर्वी सिमानादेखि काभ्रेको ५०.५३ हेक्टर राष्ट्रिय वन क्षेत्र पर्ने गरी काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ र २ अन्तर्गत फुल्चोकी डाँडादेखि भर्याङ खोल्सी र पानीघाट खोल्सी हुँदै काभ्रे र ललितपुर जिल्लाको सिमानाको राष्ट्रिय वनको भाग तथा भूपरिधीय क्षेत्र कायम गरिएको छ ।

यता चरा संरक्षण क्षेत्र घोषणामा नेपालकै पहिलो नगरपालिका काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले आफ्नो परिचय बनाएको छ । पर्याप्त प्रचार–प्रसारको कमी र सरोकारवाला निकायको बेवास्ताका कारण चराहरु मासिदै गएपछि त्यसको संरक्षणका लागि नगरपालिकाले २०७७ पुष २८ गते चरा संरक्षण क्षेत्र घोषणा गरेको थियो ।

लोपउन्मुख अवस्थामा रहेको काँडे भ्याकुर पनौतीको जंगल र रानीकोट क्षेत्रमा धेरै पाईने भएकाले यहाँ रहेका २८० प्रजातीका चरालाई संरक्षण गर्न सकिने जनाइएको छ । आन्तरिक र वाह्य पर्यटकको आकर्षण बनेको यस क्षेत्रमा चराको संरक्षण र वन क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेपछि पर्यटन प्रवद्धनमा थप टेवा पुग्ने देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.