भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

राप्रपार्टीको चुनाव चिह्न ‘हलो’ मा जुट्यो सहमति

राप्रपार्टीको चुनाव चिह्न ‘हलो’ मा जुट्यो सहमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न हलो हुने भएको छ । गत फागुनमा पार्टी एकता भए पनि चुनाव चिह्नबारे टुंगो लाग्न सकेको थिएन । अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र डा। प्रकाशचन्द्र लोहनीसहित कार्यसम्पादनका सदस्यहरु को बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले दल दर्ताका लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको छ ।

बैठकले राजसंस्थासहितको हिन्दू राष्ट्र बनाउने लक्ष्यका साथ एकीकृत राप्रपाको अन्तरिम विधान कायम गर्ने, पार्टीको एकता महाधिवेशन आगामी वैशाख २५ गतेदेखि २८ गतेसम्म काठमाडौंमा गर्ने, त्यस्तै राप्रपाको झण्डा साविकको राप्रपाले प्रयोग गरिरहेको गाई अंकित झन्डा रहने र चुनाव चिन्ह साविकको राप्रपा ९संयुक्त० ले प्रयोग गरेको हलो हुने लगायतका निर्णय गरेको छ ।

बैठकपछि अध्यक्षत्रयले मुलुकमा नयाँ राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भएको भन्दै सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । यस्तै कमल थापाले हिन्दूराष्ट्रको एजेन्डा बोकेको राप्रपाका निम्ति गाई उपयुक्त चुनाव चिह्न भए पनि पार्टी एकता जोगाउन हलो स्वीकार गरेको बताएका छन् ।

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा संयुक्तबीच गत फागुनमा पार्टी एकता घोषणा भएको थियो । अहिले कमल थापा समूहले चुनाव चिन्ह हलो स्वीकार गर्ने र पशुपति शमशेर समूहले हिन्दु राष्ट्र र राजतन्त्र स्वीकार गर्ने सहमति पार्टीमा जुटेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.