भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

रामेछाप बस दुर्घटनामा थप चारको मृत्यु, फाल हानेर जोगिए चालक

रामेछाप बस दुर्घटनामा थप चारको मृत्यु, फाल हानेर जोगिए चालक

काठमाडौँ, । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये थप चारको मृत्यु भएको छ । उक्त दुर्घटनामा योसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य २२ जना घाइते छन् । सामान्य घाइते भएका गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहचालक उपचारपछि घर फर्किएका छन् । अन्य २० जनाको उपचार जारी छ ।  जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार गाडीमा चालक सहचालकसहित ३५ जना रहेका थिए । उनीहरुमध्ये चालक भने गाडी घुम्तीबाट खस्नै लाग्दा फाल हानेका कारण ठूलो घाइते हुनबाट जोगिएका छन् । उनी आफैँ रामेछाप प्रहरीमा सम्पर्कमा पुगेको जनाइएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

आज बिहान झण्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुबाहक बस बिहान अन्दाजी १० बजेको समयमा जिल्लाको सुनापती गाउँपालिका–५ लुभुघाटमा दुर्घटनामा परेको थियो । नीयवासीले गाडीको ब्रेक फेल भएर दुर्घटना भएको दाबी गरेका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले पनि गाडीको इन्जिन खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभयो ।

मृतक नौ जनाको सनाखत

मृत्यु भएकामध्ये नौ जनाको सनाखत भएको रामेछापका प्रजिअ पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा जिल्लाको सुनापाती गाउँपालिका–५ का ६० वर्षीया ठूला तामाङ, सोही ठाउँका ३६ वर्षीया सञ्जु आले, ३६ वर्षका खडकबहादुर विक, २६ वर्षका समरिता तामाङ र २२ वर्षीया विपना तामाङ, काभ्रेका ६० वर्षीया शुभलक्ष्मी मानन्धर, सोही जिल्लाका २७ वर्षीय कमल तामाङ, काभ्रे पाँचखालका ४० वर्षीय कुलबहादुर विक र सोही ठाउँका १८ वर्षीय सुदीप गजमेर रहेका छन् ।

घाइतेको नामावली

दुर्घटनामा रामेछाप जिल्ला सुनापती गाउँपालिका–५ बस्ने वर्ष ४५ का लालसिङ तामाङको टाउकोमा गम्भीर चोट लागि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै वर्ष ५८ का मानबहादुर तामाङको दुवै खुट्टा र टाउकोमा चोट लागेको छ भने सोही ठाउँ बस्ने वर्ष ३४ का आशिष तामाङको मुख र टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सोही ठाउँ बस्ने वर्ष ४५ का जुना मगर, वर्ष ४५ का रामबहादुर श्रेष्ठ, वर्ष ३५ की शोभा श्रेष्ठ, वर्ष ५८ का गोमा खड्का, वर्ष २४ का बुद्ध तामाङ, वर्ष ६२ की अमिका खड्का, वर्ष ४५ की कान्छीमाया तामाङ, वर्ष २४ का गङ्गा घले, वर्ष ५६ का बुद्धिलाल श्रेष्ठ, वर्ष ७ का बुद्ध विक, वर्ष ५५ का चन्द्र श्रेष्ठ, वर्ष ८० का ठूलोसिंह तामाङ, वर्ष १६ की सरस्वती खाती, वर्ष ४० की डम्बरकुमारी खाती, वर्ष ४९ की कान्छीमाया तामाङ र वर्ष २३ की सविना घिसिङ पनि घाइते भएका छन् ।

यस्तै सर्लाही जिल्ला लालबन्दी ४ बस्ने वर्ष ३८ को अमर चौधरीको भने हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बनेपास्थित शिर मेमिरियल अस्पतालमा उपचारपछि सुनापती–५ बस्ने वर्ष १९ का सहचालक विष्णुराम खड्काको भने दाहिने हात र खुट्टामा चोट लागेकोमा उपचारपश्चात् घर फर्किएका छन् ।

 


Thali Mobile Pvt.Ltd.