भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

आलुको बोरामा ८३ लाख रुपैयाँ, दुईजना पक्राउ

आलुको बोरामा ८३ लाख रुपैयाँ, दुईजना पक्राउ

धनुषा, । धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित आज दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका–५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् । उनीहरुलाई जनकनन्दनी–१ इनर्वा सीमाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।

प्रहरीले भारतबाट ज७प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा रकम बोकेर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए । दुवैजनालाई आवश्यक कारबाहीका लागि रकमसहित जिल्ला भन्सार कार्यालय जनकपुरको जिम्मा लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.