राष्ट्रपतिद्धारा छठपर्वको शुभकामना

राष्ट्रपतिद्धारा छठपर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठपर्वको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।

विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना सन्देश व्यक्त गरेकी हुन ।

भण्डारीले भनिन्, ‘प्रकृतिको पूजा गरिने यस पर्वका माध्यमबाट भौगोलिक, सामाजिक, तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउदैँ राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।’

साथै छठपर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्यगरी न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि सबैलाई प्रेरणा प्रदान होस् भनी शुभकामना व्यक्त गरिन् ।

 


Thali Mobile Pvt.Ltd.