भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

राष्ट्रपतिले राजीनामा दिनुपर्छ

राष्ट्रपतिले राजीनामा दिनुपर्छ

काठमाडौँ । नागरिकता विधेयक फिर्ता गरेको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति निकाली राष्ट्रपतिको राजीनामा माग गरेका हुन् । राजीनामा नदिए महाअभियोग लगाएर भए पनि राष्ट्रपति भण्डारीलाई पदच्युत गर्नु पर्ने माग तरुण दलले गरेको हो ।

नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलवाड गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिताविहीन नागरिकहरूलाई संविधानले दिएको सार्वभौम अधिकारसमेत कुण्ठित हुनेगरी उक्त विधेयक फिर्ता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली नागरिकहरू फेरि अन्धकारको भुमरीमा धकेलिएका छन् ।

राष्ट्रपतिले पदको मर्यादामा बसेर नभई सीमित राजनीतिक दलको चौघेरामा बसेर काम गरेको आरोप तरुण दलले लगएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । त्यसको केही दल तथा समूहले स्वागत गरेका छन् भने सत्तारुढ दलले विरोध गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.