भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

बेनी–जोमसोम खण्ड दैनिक चार घण्टा बन्द हुने

बेनी–जोमसोम खण्ड दैनिक चार घण्टा बन्द हुने

म्याग्दी । कालीगण्डकी करिडोरको बेनी–जोमसोम थासाङ खण्ड आइतबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–४ मा रहेका काभ्रे र बादरजुङ भीरको कडा चट्टान काटेर सडक स्तरोन्नती गर्नका लागि फागुन १५ गतेसम्म सडक बन्द हुने भएको हो ।

बेनी–जोमसोम खण्ड मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण बन्द गर्ने निर्णय गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बताए ।

आगामी फागुन १ देखि फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले बताए। कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक खण्ड मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो ।

बादरजुङ भीरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरी सडक चौडा गर्ने काम भएकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक अवरुद्ध हुने भएको उहाँले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.