भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रुकुमबाट माओवादी केन्द्रले खाता खोल्यो, घर्ती निर्वाचित

रुकुमबाट माओवादी केन्द्रले खाता खोल्यो, घर्ती निर्वाचित

रुकुम । रुकुम पूर्वबाट नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २ सय ६२ मतका साथ निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेका कैलाशकुमार मल्ललाई ७ हजार ४१ मतले हराउदै घर्तीमगर विजयी भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार मल्लले ५ हजार २ सय २१ मत प्राप्त गरे । लुम्बिनी प्रदेशका निवर्तमान सभामुख समेत रहेका घर्तीको संघीय संसदमा पहिलो प्रवेश हो ।

प्रदेश सभा १ मा स्वतन्त्र उम्मदवार सुरुल पुन ४ हजार ४ सय ६५ मतका साथ विजयी भएका छन् । उनले तेजबहादुर वलीलाई ५ सय ३३ मतान्तरले पराजित गरेका हुन ।

वलीले ३ हजार ९ सय ३२ मत प्राप्त गरेका छन् । प्रदेश सभा २ मा भने नेपाली कांग्रेसका धनवहादुर केसी ४ हजार ८ सय ६२ मतका साथ विजयी भएका छन् ।

गठबन्धनका साझा उम्मेदवार केसीले स्वतन्त्र उम्मेदवार नरहरि खड्कालाई २ हजार ६ सय १८ मतान्तरले हराएका हुन् ।

स्वतन्त्र उम्मेदवार खड्काले २ हजार २ सय ४४ मत प्राप्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.