भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

रुकुम पश्चिम, जाजरकोट र दैलेखसहित कर्णालीमा थप ११ जनामा कोरोना पुष्टी

रुकुम पश्चिम, जाजरकोट र दैलेखसहित कर्णालीमा थप ११ जनामा कोरोना पुष्टी

२५ असार २०७७ काठमाडौं । कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुमको चौरजहारी प्रयोगशालामा भएको परीक्षणबाट पुष्टि भएको हो ।

पाँच सुर्खेतका, चार रुकुम पश्चिमका र एक जाजरकोट र एक जना दैलेखका रहेको कर्णााली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडानम्बर ३, ७ र १२ का एक महिलासहित पाँचजनामा कोरोना संक्रमण देखिएको हो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ५ का एकजना र वडानम्बर ९ का तीनजना पुरुष संक्रमित भएका छन् । दैलेखको दुल्लु नगरपालिका– ५ की एक महिला र जाजरकोट भेरी नगरपालिका–६ का एकजना पुरुष संक्रमित भएका छन् ।

थप ११ सहित कर्णाली प्रदेशमा १ हजार ५६१ जनामा संक्रमण पुगेको छ । ६ जनाको मृत्यु भएको छ भने कर्णालीमा १ हजार ३२१ जना डिस्चार्ज भएका छन् । २३४ जना अझै आइसोलेसनमा उपचाररत छन् ।

 


Thali Mobile Pvt.Ltd.